मखन्नी चालक र साँघुरो बाटोका कारण जीप दुर्घटना : छिस्ती शोकमग्न, मृतकका परिवारमा रुवाबासी !

बागलुङ २०७५ फागुन ८ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ (साबिक छिस्ती गाविस) मा फागुन ७ गते साँझ भएको पीकअप जीप दुर्घटनाको कारण मखन्नी (सिकारु)चालक र साँघुरो सडक भएको स्थानीयले बताएका छन् ।

छिस्ती स्थित जनकल्याण माध्यमिक बिद्यालयको बार्षिकोत्सवमा सहभागी भएर घरतर्फ फर्किने क्रममा पीकअप जीप दुर्घटना हुँदा सोही बिद्यालयमा अध्ययनरत तीन जना छात्राहरु क्रमश प्रियंका पुन, एलिना पुन र ज्योति पुन तथा बिद्यालयकी लेखापाल टीका पुनको दुखद मृत्यु भएको थियो । यस दुखद घटनाले सिँगो छिस्ती शोकमा डुबेको छ भने मृतकका घरपरिवारमा रुवाबासी छ ।

जीपमा सवार अधिकांश बालबालिकाहरु सोहि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु हुन् । गंभीर घाईते ४ जनालाई थप उपचारका लागी पोखरा रिफर गरिएको छ भने धौलागिरी अन्चल अस्पचालमा भर्ना गरिएका केहि घाईतेहरु डिस्चार्ज भैसकेका छन केहिको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

स्थानीयहरुले जीपका चालक १८ वर्षिय प्रविण पुन पनि सोहि बिद्यालयको बिद्यार्थी भएको बताएका छन् । उनले सवारी चालक अनुमति पत्र लिए नलिएकोमा स्थानीयले अनभिज्ञता जनाए ।

गाउँघरका सडकहरुमा सवारी साधन चलाउने चालकहरुले सवारी चालक अनुमति पत्र लिए नलिएको समय समयमा ट्राफिक प्रहरीले चेक गर्नुपर्ने आवश्यकता रहेको छिस्तीको दुर्घटनाले देखाएको छ ।

दुर्घटनाको सूचना प्राप्त गर्दासाथ प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, धौलागिरी अन्चल अस्पतालका डा शैलेन्द्र पोखरेल सहितको उद्धार टोली दुर्घटनास्थल पुगेर आज विहान मात्र सदरमुकाम फर्किएको छ ।

तस्वीर- फेसबुक ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *