गल्कोट नरेठाँटी देखी दुदिलाभाटी सम्मको मोटरबाटो स्तरोन्नती कार्य तीव्र गतिमा !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ फागुन ८ । गल्कोटको नरेठाटी हुदै दुदिलाभाटी जोड्ने मोटरबाटो स्तरोन्नती कार्य तिब्र पारिएको छ । प्रदेश नम्बर ४ को २० लाखको लागतमा गलकोट नगरपालिका वाड नम्बर २ नरेठाटी देखि दुदिलाभाटी, पेरिवाङ मोटरबाटोको निर्माण कार्य सुरु भएको समितिका अध्यक्ष बम गुरुङले बताए । पक्की नाली सहित मोटरबाटोको चौडाई साढे ६ मिटर हुने गुरुङको भनाई छ ।

योजना सम्झौता गरि गत फागुन २ गतेदेखि निर्माण कार्यलाई अगाडि बढाईएको समितीले जनाएको छ । गुरुङका अनुसार नरेठाटी देखि दुदिलाभाटी सम्मको १ हजार ५० मिटर मोटरबाटो स्तरउन्नती गरिने, ३ सय मिटर पक्की नाली निर्माण, ३ सय २० मिटर ग्राबेलको कार्य हुने बताए । नाली र ग्राबेल गर्दा आवश्यक हुने ढुङगा किन्दा महंगो पर्ने भन्दै गुरुङले त्यसको ब्यवस्था आफैले गरेको बताए । त्यस्तै दुदिलाभाटी बजार र कटौन्यको बिचमा रहेको गौदी खोलामा आईसिसि रेन्सफोर्समेन्ट निर्माण गरिने उनको भनाई छ । बर्षातको समयमा अन्य क्षेत्रमा भन्दा गौदी खोलामा पानीको वहाव बढी हुने भन्दै उक्त ठाउमा प्लाष्टर गरि पानी बग्न मिल्ने आईसिसि रेन्सफोर्समेन्ट बनाईने बताए । त्यस्तै साढे ७ मिटर क्षेत्रफलमा हिमपाईप राखिने गुरुङको भनाई छ ।

बर्षात र हिउदमा समेत खेतधनीहरुलाई मोटरबाटोको प्रयोग गरि खेत सिचाई गर्ने गरेका कारण मोटरबाटो हिलाम्मे बन्ने गरेको भन्दै मोटरबाटो आसपासका खेतधनीहरुको खेतमा आवश्यकता अनुसार १ सय १० एम एमको पाईप राख्ने समितिले जनाएको छ ।

मोटरबाटोमा १ लाख ९२ हजार २ सय ९३ रुपिया स्थानिय जनश्रमदान रहने बताईएको छ । दैनिक आधा दर्जन सवारी साधन आवात आवज गर्ने उक्त मोटरबाटोको स्तरोन्नती भएपछि दुदिलाभाटी सँगै बरेङ गाउपालिका सम्मका स्थानियलाई सहजता हुने स्थानियको भनाई छ ।

उक्त मोटरबाटो हुदै बुटवल सम्म पुग्न कम समय लाग्ने गुरुङको भनाई छ । हाल समितिको योजना नरेठाटी देखि साबिक दुदिलाभाटी गाबिसको सीमाना सम्म मोटरबाटो पुर्याउने रहेकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *