अपडेट: छिस्ती जीप दुर्घटनामा मृत्युहुनेहरुको सनाखत, गम्भीर घाईते ४ जनालाई पोखरा रिफर !

बागलुङ २०७५ फागुन ८ । हिँजो फागुन ७ गते साँझ जैमिनी नगरपालिका-८ छिस्तीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेहरुमा ३० वर्षिया तुलसी पुन, १४ वर्षिया एलिना पुन, १७ वर्षिया प्रियंका पुन र १२ वर्षिया ज्योति पुन रहेका छन् । मृतकहरु मध्य दुई जना प्रियंका र ज्योतिको शव धौलागिरी अन्चल अस्पतालमा राखिएको छ भने अन्य दुईजनाकाके शव छिस्ती स्वास्थ्य चौकीमा रहेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा मृत्यु भएका चार किशोरीहरु : तस्वीर- फेसबुक ।
उपचारका लागि धौलागिरी अन्चल अस्पताल ल्याईपु-याईएका १० जना घाईतेहरु मध्य गम्भीर ४ जना ३० वर्षिय धना पुन, १६ वर्षिया विष्णु श्रीस, १६ वर्षिय संगम पुन र १२ वर्षिया संझना पुनलाई थप उपचारका लागी पोखरा रिफर गरिएका अस्पताल श्रोतले जनाएको छ । अन्य ६ जना घाईतेहरुमा सामान्य घाईते एक जना १३ वर्षिय विशाल परियार हिजै राति नै डिस्चार्ज गरिएको र अन्य ५ जना वर्ष १२ का सविना पुन, पूजा पुन र निर्मला पुन, वर्ष १५ की तिर्सना पुन र वर्ष ५० की नन्दकली पुनको अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएकोछ । जीप चालक १८ वर्षीय प्रविन पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा नियन्त्रणमा राखिएको छ ।

यसैवीच घाईते मध्य नन्दकली श्रीस पुन र सविना पुन उपचार पछी डिस्चार्ज गरिएको अस्पताल श्रोतले बतायो ।

स्मरणीय छ, जीप जनकल्याण माध्यमिक बिद्यालयको बार्षिक उत्सब सकेर केवै तर्फ जाने क्रममा केलादी भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा अधिकांश साना विद्यार्थीहरु परेका छन् ।

तस्वीर- धौलागिरी अन्चल अस्पतालमा उपचाररत घाईते बालबालिकाहरु ।

अपडेट : छिस्तीमा पीकअप जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४ पुग्याे, उद्धारकार्य जारी !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.