अपडेट : छिस्तीमा पीकअप जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४ पुग्याे, उद्धारकार्य जारी !

बागलुङ २०७५ फागुन ७ । बागलुङ जिल्लाको दक्षिण भेगको जैमिनी नगरपालिकाको वडा नं ८ मा केहि समय अघी साँझ ७ बजेको समयमा पीकअप जीप दुर्घटना भएको समाचार प्राप्त भएको छ । जैमिनी नगरपालिका वडा नं ८ का अध्यक्ष बिजय शर्माले दिएको जानकारी अनुसार ध १ ज ७९१ नम्वरको जीप दुर्घटनामा मृत्यु हुने तीन जनाको शव फेलापरेको छ । जीपमा सवार यात्रुहरुको संख्या एकीन नभएको वडाध्यक्ष शर्माले बताएपनि जीपमा १९ जना यात्रु सवार भएको स्थानीयको भनाई रहेको छ ।

जन कल्याण माध्यमिक बिद्यालयको बार्षिक उत्सब सकेर केवै तर्फ जाने क्रममा केलादी भन्ने स्थानमा जीप दुर्घटना भएको हो । ४ जनाको अबस्था गम्भीर रहेको र बाँकी ११ जना सामान्य घाईते छन ।

अपडेट : राति १०.२६

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मी, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्त सहितको टोली धौलागिरी अन्चल अस्पतालका डा शैलेन्द्र पोखरेलको नेतृत्वमा स्वास्थ्य टोली लिएर दुर्घटनास्थल तर्फ गैरहेको छ ।

दुर्घटनामा घाईते भएका १२ जनालाइ बागलुङ ल्याउदै गरेको अवस्थामा प्रजिअ खरेलको नेतृत्वमा गैरहेको उद्धार टोलीले जैमिनी नगरपालिकाको ज्यामिरघाटमा भेटेर तत्काल आबश्यक उपचार गरी थप उपचारका लागि धौलागिरी अन्चल अस्पताल पठाईएको प्रजिअ खरेलले जानकारी दिए । उद्धार टोली बेलबगर पुगेको छ ।

पछिल्लो समाचार अनुसार मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
तस्वीरहरु : ज्यामिरघाटमा घाईतेहरुको उपचार गर्दै चिकित्सक सहितको उद्धार टोली ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *