रेडियो दिदीबहिनीकाे गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा ९ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

शीला पाण्डे, पर्वत २०७५ फागुन ७ । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा आज सकिएको छ ।

विभिन्न प्रतियोगिता सम्पन्न गरी कार्यक्रमको समापन भएको हो । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता, प्रथम डान्स आइडल प्रतियोगिता भएको थियो ।

रेडियोले समापन कार्यक्रममा नेपाल टेलिभिजन पर्वत संवाददाता महेन्द्र केसी, सूचना केन्द्रका प्रधान सम्पादक बैगुण्ठ गिरी, रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली, अन्नपूर्णकी पर्वत संवाददाता माया अधिकारी, न्यूज २४ पर्वतका संवाददाता सुवास लामिछाने, कालीगण्डकी टिभीकी संवाददाता शान्ति सुवेदी,रेडियो शालिग्रामका समाचार प्रमुख रोशन तिवारी लगायतलाई रेडियोले सम्मान गरेको हो ।

महोत्सवमा एक करोडको कारोबार भएको रेडियोले जनाएको छ । महोत्सवमा हजारौ दर्शकहरु भित्रिएको बताइएको छ । हरेक वर्ष रेडियोले महोत्सवको आयोजना गर्दै आइरहेको छ । यो ११ औं संकरण हो । आगामी दिनमा पनि महोत्सवको आयोजना हुने रेडियोले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.