६९ औ प्रजातन्त्र दिवसको अवसरमा नेबिसंघद्वारा दीप प्रज्वलन तथा चियापान कार्यक्रम

गुमानसिँह भण्डारी, गल्कोट २०७५ फागुन ७ । एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरण गर्दै नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखि क्यापसले ६९ औ प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

जनक्रान्तिको माध्यमबाट राणाको पारिवारिक शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै नेपाल सरकारले फागुन ६, ७ र ८ गते तीन दिन भव्यताका साथ मनाउने निर्णय गरेपछि पहिलो दिन ने बि संद्यले दीप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका अध्यक्ष नविन गौतमले बताए ।

सो अवसरमा ने बि संघ (गलकोट बहुमुखी क्यापस)ले आगामि फागुन ११ गते शनिबार प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । गलकोट बहुमुखी क्याम्पस र अन्य नगरभित्रका माबिका बिद्यार्थीहरुलाई सहभागी बनाई नेबि संघका बिषयमा प्रशिक्षण दिईने पुर्व ईकाई उपाध्यक्ष दिपक मल्लले जानकारी दिए । तालिमको सहजिकरण यम श्रीस, फम खत्री लगायत नेपाली काग्रेस तथा नेबिसंघका आवद्ध गलकोटका नेताहरुले गर्ने रोशन खड्काले बताए । तालिमका सम्पन्न गर्नका लागी नेबिसंघका आवद्ध बिद्यार्थी बिच कार्यबिभाजन समेत भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *