जनज्योति मावि मुसिकोटको हिरक महोत्सव : रु एक करोड संकलन गर्ने आयोजकको लक्ष !

कमल पौडेल, गुल्मी २०७५ फागुन ७ । जनज्योति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. १ अरेवाको सर्वाङ्गीण विकासको लागि आयोजित धनधान्यान्चल नवाह ज्ञान महायज्ञको छैठौं दिनको विविध कार्यक्रम सम्पन्न भएको छ।

सोमबार भएको कार्यक्रममा मुनपा १, अरेवा कै पूर्ण प्रसाद भुसाल, सुरेश चन्द्र भुसाल, दिनेश चन्द्र भुसाल, राम प्रसाद भुसालले संयुक्त रुपमा ५ लाख १ सय ५१ रुपैयाँ सहयोग गरेका छन। त्यस्तै अरेवा निवासी हाल अस्ट्रेलियामा रहनुभएका कृष्णप्रसाद चालिसेबाट ४ लाख ५ हजार ५ सय ५५, सोहि विद्यालयका शिक्षक ढाल वहादुर रायमाझि ३ लाख २५ हजार ५ सय पच्पन्न, आर्थिक समितिका संयोजक समेत रहनुभएका जित वहादुर पाठक २ लाख ६१ हजार १ सय ११, वडा अध्यक्ष समेत रहनुभएका पूर्ण वहादुर हितानले २ लाख ५१ हजार ५ सय ५५, अरेवा कै मित्रलाल घिमिरे २ लाख ५१ हजार १ सय ११, तथा ओम वहादुर रायमाझिको का छोराहरु जगत, डिल, तिल, लाल, टेक वाट संयुक्त रुपमा २ लाख ४ हजार सहयोग प्रदान गरेका छन । हाल सम्म विद्यालय विकासको लागि भन्दै ५५ लाख वढि सहयोग रकम संकलन भएको विद्यालयका आर्थिक समिति संयोजक जित वहादुर पाठकले जानकारी दिए। कार्यक्रममा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज जीले ले प्रवचन दिईरहेका छन् ।

विद्यालयको सर्वाङ्गीण विकासको लागि आयोजना गरिएको महायज्ञवाट १ करोड वढि रकम संकलन हुने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिए । महोत्सवको आठौं दिनमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले संवोधन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । यस अघि पाँचौं दिनमा पूर्व प्रधानमन्त्री बावुराम भट्टराईको सहभागिता रहेको थियो । फागुन १ गते वाट सुरु भएको नवाह महायज्ञ ९ गते समापन हुनेछ।

२०१६ सालमा स्थापना भएको विद्यालय २०४५र४६ सालमा निमावि तह तथा २०६६ साल देखि माध्यमिक तहमा संचालन हुँदै आएको छ। विद्यालयमा प्रावि तहको ४ स्थायी दरवन्दी १ राहत र निमावि तहको ४ दरवन्दि रहेको छ। हाल विद्यालयमा १८ जना शिक्षक तथा २ सय ७५ जना विद्यार्थी रहेका छन्। हिरक महोत्सव तथा श्रीमद् धनधान्यान्चल नवाह ज्ञानमहायज्ञमा राशि अनुसार सहयोग दातालाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *