पाण्डबखानीमा एकीकृत विकास योजना तर्जुमा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न !

सुरेश छन्त्याल, पाण्डबखानी २०७५ फागुन ६ । गल्कोट नगरपालिका १० पाण्डबखानीमा एकीकृत विकास योजना तर्जुमा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ। पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिको अध्यक्षमा भएको १ दिने गोष्ठी कार्यक्रममा भौतिक विकास,आर्थिक विकास,स्थागत विकास परिचालन सुशासन र सामाजिक विकास सम्बन्धि योजना प्रस्तुत गरिएको थियो भने नगरपालिका कार्यालयको आयोजना र वडा कार्यालय १० पाण्डबखानीको सहआयोजनामा भएको कार्यक्रममा सहर्जकार्ता विष्णु अधिकारी जोनिता कार्की र चिराग रानाले कार्यक्रमको बारेमा प्रष्ट पार्दै वडा भित्रमा भएको समस्या बारे जानकारी दिएका थिए।

कार्यक्रममा वडा सदस्य रामप्रसाद विक ,कमला वि।क नगर सभाका सदस्य गनेश शेरचन, राधिका पुन पत्रकार सुरेश छन्त्याल, विभिन्न संघसंस्था,समाजसेवी बुसद्धजीवी लगाएको सहभागीता थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *