अवको निकास आर्थिक समृद्धि : मध्यपहाडी लोकमार्गको अपेक्षाकृत काम हुन सकेन : डा भट्टराई

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ फागुन ६ । नयाँ शक्ति नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवको निकास आर्थिक समृद्धि रहेको बताएका छन् ।

जनसम्बाद कार्यक्रममा बागलुङका विभिन्न स्थानिय पालिकामा पुगेका भट्टराइले मध्यपहाडी लोकमार्ग र स्थायिन तहको अवस्थाको बिषयमा जनताको विचमा पुगेर सम्बाद गर्दे आएका छन् । यस्तै राष्ट्रिय गौरवको योजना उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको सन्दर्भमा आफुले सरकारसँग परामर्श गरी छिटो भन्दा छिटो सपन्न गर्नका लागि पहल गर्ने पनि बताए ।

डा भट्टराइले देश अव आर्थिक समृद्धिको दिशाबाट मात्रै अगाडी बद्न सक्ने र नेपाली जनताको अवको चाहाना समेत विकास र समृद्धि भएको बताउँदै उक्त अभियानलाई आफनो पार्टीले पहिलो प्राथमिकता दिएर अगाडी बढिरहेको बताए ।

पाँचथर चिवाभञ्ज्याङ देखि पश्चिमको बैतडी झुलाघाट सम्मको १ हजार ७ सय ६५ किलोमिटर दुरिमा रहेको मध्यपहाडी लोकमार्ग अवलोकनका निम्ती निस्किएका भट्टराइले आफु अर्थमन्त्री हुँदा पुष्पलाल मध्यपहाडी लोकमार्ग नामाकरण गरेको बताउँदै त्यसको अवलोकन संगै असल राजनिती र समावेशि विकासका निम्ती जनसम्बाद मार्फत जनता संग भेट गरेर जनताका सुझाब संकलन गर्न आफु हिंडिरहेको बताए ।

अभियानमा मध्ये पहाडी लोकमार्गको बस्तु स्थिती र भावी सम्भावनाको समेत गरीरहेका कारण बागलुङ जिल्लामा लोकमार्गको अपेक्षाकृत काम हुन नसकेको भन्दै चाँडैनै लोकमार्गले गति लिने र यस जिल्लाको जिवनस्तमार सुधार आउने र बागलुङका अधिकाँश पालिकाको समृद्धिमा महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा संयोजक भट्टराईले बिभिन्न पार्टीका कार्यकर्तालाइ आफ्नो दायित्व नभुल्न सुझाब पनि दिए । केही ब्यक्तिहरु सत्तामा पुग्ने बितिकै भ्रष्टाचार जस्तो फोहोरी खेलमा लाग्ने भएकाले पार्टी र ब्यक्तिलाइ भन्दा पनि भ्रष्टचारी प्रबृति प्रति सचेन हुन समेत आग्रह गरे ।

अभियानमा आफुहरुले स्थानिय तहका कार्यक्रमलाई समेत सुनुवाइ गर्दे अगाडी बढिरहेको र अवको संकल्प के रहन सक्छ भन्ने बिषयमा अन्तरसम्बाद गरीरहेको बताए । यस्तो कार्यक्रमले गाउँगाउँको अवस्थाका बिषयमा बुझ्न सकिने बताउँदै आफुहरुले मध्यपहाडी लोकमार्ग र स्थायिन तहको अवस्थाको बिषयमा प्रतिवेदन तयार पारेर भावी विकास मुलक खाका अगाडी सार्ने बताए ।

बर्तमान परिपे्रक्षमा नेपालमा सहि तवरको राजनिती नभएका कारण जनताले समृद्धिको आभास गर्न नसकेको बताउँदै समय र परिवेश अनुसार देशले समृद्धि र आर्थिक उन्नयन खोजीरहेको उनको भनाई थियो ।

देशमा लुटतन्त्र मात्र बढी मच्चिएको तर सरकारले बोलेका कुरा केहि हदसम्म पुरा नभएका कारण यस्तो प्रवृतिले देश अगाडी नबढ्ने बताउँदै देशको समृद्धिको निम्ती नंया सोँच र भिजन सहित नँया शक्ति पाटी अगाडी बढिरहेको बताए ।

पार्टीको सिद्धान्तमा कम्युनिस्ट, काँस्रेस जे भनेपनी सिद्धान्त र सहि दिशा निर्देश नभएसम्म जुनसुकै पार्टी रहेपनी कुनै औचित्य नहुने उनको भनाई थियो ।

भस्टाचार, बलात्कार, जस्ता जघन्य अपराध बद्दै जानु, देशको विकास निर्माणका नाँउमा डोजर चलाएर गाउँमा सडक पुर्याउँदैमा समृद्धिको सपना साकार नहुने बताउँदै फरक सोँच र विचारले मात्र अगाडी बढ्न सकिने जिकिर गरे । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर लगायतका कोरिडोरले समग्र देशको सडकको प्रतिनिधित्व गर्नेगरी काम सुरु गरिएको भन्दै भट्टराईले नयाँ सोचका साथ विकास निर्माणका काममा अघि बढ्न सबै राजनीतिक दलहरुलाई सुझाव पनि दिए ।

कार्यक्रममा ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली, विभिन्न राजनैतिक दलका प्रतिनीधि, पत्रकार, समाजसेवी, बुद्धिजिवी, लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम नँया शक्ति पाटी बागलुङ जिल्ला सम्योजक चित्र सापकोटाले सञ्चालन गरेका थिए ।

निसीखोला गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष तारानाथ पौडेल संगको भेटसंगै झिवाखोला बजार, निसी क्षेत्रमा समेत जनसम्बाद कार्यक्रम भएको छ ।

तस्वीर- दिपक पराजुली बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *