मितेरी अस्पताल पोखरामा दुई दिवसीय क्षमता अभिबृद्धि प्रशिक्षण !

पोखरा,२०७५ फागुन ६ । मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनामा दुई दिवसीया क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको पहिलो सत्र आज पोखरा १६ बाटुलेचौर अस्पतालको सभाहलमा आज सम्पन्न भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको अध्यक्षमा भएको सो प्रशिक्षणमा सफल जीवन, सकारत्मक सोच, मानवीय मुल्यहरुको स्रोत सतकर्म आदि विषयहरुमा प्रशिक्षण दिदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानवमा भएको अथाह शक्तिको भण्डार नकारात्मक चिन्तनको कारण नष्ट भईरहेको परिवेशमा, यसलाई बचाई राख्नको लागि पूर्वीय दर्शनको योग ध्यान तर्फ मानवको मनलाई लैजानु पर्ने आजको आवश्यकता भएको बताएका थिए । प्रशिक्षणमा अस्पतालका नर्स, डाक्टर अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *