जन्मदिनको खर्च मानवसेवा आश्रमलाई : धौलागिरी नै सडक मानव मुक्त बनाउने सोचमा छौं-सुमिरा

बागलुङ २०७५ फागुन ६ । आफ्नो छोराको जन्मदिनको अवसरमा बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा सदस्य भवानी प्रसाद रिजालले मानवसेवा आश्रम बागलुङका लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन । छोरा दिपक रिजालको जन्मदिनको अवसरमा बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेका हुन । अन्य बाहिरी खर्च गर्नु भन्दा कुनै परोपकारी कार्यमा खर्च होस भन्ने उद्देश्यले जन्मदिन मनाउने खर्चले मानव सेवा आश्रमलाई खाद्यान्नका सामाग्री हस्तान्तरण गरेको उनले बताए ।

नेपाल तरुण दल बागलुङका जिल्ला सदस्य एवं टे«ड युनियन काँग्रेसका कोषाध्यक्ष समेत रहेका दिपक हाल रोजगारीको शिलशिलामा विदेश रहेका छन । करिब ५ हजार ५ सय बराबरको चामल, दाल, तेल लगायतका समाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

पछिल्लो समयमा केही संघ संस्थाले स्थापना दिवस साथै व्यक्तिहरुले आफ्नो जन्मदिनमा लाग्ने खर्च पनि आश्रममा नै सहयोग गर्ने गरेको आश्रमकी अभियन्ता सुमिरा लामाले बताईन ।

मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामा ।

आश्रममा हाल २२ जना आश्रीत रहेका छन । अशक्त र बेसहारा नागरिकको संरक्षणका बागलुङ सदरमुकाममा दुई बर्ष अघि देखी नै आश्रम खोलिएको छ । बागलुङ बजारको सडकका पेटीमा साहरा विहीन भएर भोक भोकै अवस्थामा डुलिरहेका व्यक्तिहरुलाई उठाएर आश्रममा मायाँ र सत्कारले राखिएको लामाले बताईन । हामीले धौलागिरी नै सडक मानव मुक्त बनाउने सोचमा छौं लामाले भनिन, ‘यसका लागी सवै सरोकारवालाको सहयोगको खाँचो रहेको छ । आश्रमका लागि बागलुङ नगरपालिकाले पनि केही सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा पुगेका नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रिय सदस्य दुर्गाप्रसाद आचार्यले जन्मदिनको अवसरमा आश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरेर परोपकारी कार्य गरेकोमा निकै प्रशंसनीय रहेको बताएका छन । उनले कार्यक्रम नेपाल टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

त्यसै गरी सोमबार नै हामी सवैको रहर पत्रकार महासंघ बागलुङको घर अभियानका लागि रिजालले २ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन । उनले महासंघका अध्यक्ष दिल शिरिषलाई कार्यालय मै पुगेर हस्तान्तरण गरेका हुन । आफ्नो छोराको उज्वल भविष्य र सु स्वास्थ्य दीर्घायुको कामना सहित जन्मदिनको खर्च सामाजिक क्षेत्रमा खर्च गरेको रिजालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.