हटियामा बस ब्यवसायी समितिको काउण्टर लथालिंग : टिकट लिन यात्रुहरुलाई समस्या !

गल्कोट २०७५ फागुन ६ । धौलागिरी अञ्चल यातायात बस ब्यवसायी समितिव्दारा सञ्चालित हटियाको टिकट काउण्टर लथालिंग अवस्थामा छ । गन्तव्यमा जानको लागी बसको टिकट लिन समेत यात्रुहरु भौँतारिनु परेको गुनासो पोखी रहेका छन् । टिकट काउण्टरमा कर्मचारी नहुदाँ यात्रुलाई टिकट लिन सास्ती छ ।
ल्कोटका रामकाजी श्रेष्ठ र महेन्द्र खडका टिकट काउण्टरमा पालैपालो बस्ने गरेकोमा पछिल्लो समय खड्का बिरामी परेर २ महिना देखी पोखरामा उपचार गराईरहेकाले काउण्टरमा कर्मचारी नहुँदा यात्रुलाई समस्या परेको हो । तर समितिले यात्रुहरुको समस्यालाई सम्वोधन गर्न थप कर्मचारी राख्न पहल नगर्नु यात्रुलाई दुख दिनु भएको स्थानीयले बताएका छन् ।

अहिले काउण्टर माथी राखिएको बोर्ड समेत नभएपछि यात्रुलाई बस काउण्टर खोज्न समेत मुस्किल परेको छ । टिकट काउण्टरको बोर्ड अन्यत्रै कचाकुचुक्क पारेर थन्काईएको कवाडी अवस्थामा छ । भनेको समयमा काउण्टरको फोन पनि उठदैन, यात्रुहरुले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.