मनले मनलाई दिने पीडा

शीला पाण्डे

एकोहोरो मायामा रुमलिनुको ब्यथा निकै पीडादायी कुरा हो । माया भन्ने चिज नै अचम्म को छ । जहाँ गर्दिन भनेर पनि हुदैन र गर्छु भनेर पनि हुदैन, उस्ले गर्दैन मैले मात्र किन गर्ने भन्ने सोचाइ मन, मस्तिष्कमा आए पनि हुन्थेयो नि, उम्हुम आउदैन् तर पनि मनले तेस्तो वास्ता नै गर्दैन किन कि मनमा भएको मान्छेलाइ दु:ख होस् भन्ने मनले कहिलै चाहादैन्।

र साचो माया गर्ने मान्छेले मनमा भएको मान्छेलाई कहिलै नराम्रो होस् भन्ने पनि कहिलै चाहादैन । बरु आफ्नै मनलाइ जबर्जस्ति बाधन प्रयेत्न गर्छ । कैयौ परिस्थितिहरु तेस्ता पनि हुने गर्छ्न जुन मनमा भएका कुराहरु उस्लाइ भन्दा कतै उस्को चित्त दुख्ने पो हो कि , कतै म बाट झन टाडा पो जाने हो कि; उस्लाइ मलाइ देख्न मन नै नलाग्ने हुने पो हो कि भन्ने डरले पनि केही भन्न नसक्ने हुदोरहेछ ।

कैयौ मायालु मनहरुले मनको कुरा मनमा नै राखेर आफुले नै पीडा सहन बाध्य भाका छन । सबैको मन एउटै पनि हुदैन र सबैको सोचाइ एउटै पनि हुँदैन यदि दुइ जनाको नै सोचाइ समान हुने भए कसैलाइ पनि एकोहोरो मायामा तड्पिनु पर्दैन थियो होला, जति पनि एकोहोरो मायामा फसिएका कैयौ मनहरु छन्। ती सबै कुनै न कुनै कसैको कुरा बाट प्रभावित भएर नै एकोहोरो मायामा परेका छ्न ।
कैयौ मनहरुले आफ्नो मनको कुरा कसैलाइ व्यक्त गर्न नसकेर एकोहोरिनु परेको छ ।

कैयौ मनहरुले मनको कुरा भने पनि बुझ्न नसक्ने मान्छे सङग सम्बन्ध गांसेर एकोहोरी रहेका छन् । जति पीडा उनीहरुलाई छ । जतिबेला धेरै नजिक भएको आभाष गराएर बिस्तारै बिस्तारै उनी सङग बोल्न मन नलाग्ने र बोल्न नखोज्ने भएर पीडित बनेका छन् । र जो कोहि सङग पनि छोटाे समय मा नै नजिक भएका हुन्छौ नि कति त चाहाना स्वार्थ सङ्ग पनि बदली रहेका छन जुन केही समय को लागि नजिक हुने र आफ्नो स्वार्थ परिपुर्ति भए पछि उस्को नजिक हुन मन नलाग्ने मान्छे पनि यहि जमातमा निकै मात्रमा भेट्न् सकिन्छ । कसैलाई कसैको आभाष प्यारो लाग्ने गर्छ र त बारम्बार उहि सङग बोल्न मन लागि रहन्छ ।

साच्चै माया एउटा मनले आभाष गर्ने कुरा हो । न यस्मा कुनै रङग हुन्छ, न कुनै जातीय विभेद हुन्छ , न कुनै राजनीतिको कुरा नै आउँछ त्यो त सबै मनको आभाष हो जुन सबै कुरा ब्यक्त गर्न सकिन्छ भन्ने पनि हैन र माया गर्छु भनेर भन्नै पर्छ भन्ने पनि हैन, त्यो त नितान्त मनले आभाष र स्पर्श गर्ने कुरा हो।

पर्वत
२०७५ फागुन ६ ।
..

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *