उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना बागलुङ जिल्लामा बन्नु उपयुक्त : डा भट्टराई

कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ फागुन ५ । नया शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बागलुङ जिल्लाको तुफानी दौडमा छन् । असल राजनीति र समावेसी विकासको लागि मध्यपहाडी लोकमार्ग (चिवा भञ्ज्याङ पाँचथरदेखि झुलाघाट वैतडीसम्म) चलिरहेको जनसंवाद यात्राको क्रममा उनी हिँजो शनिवार बागलुङ सदरमुकाम लोकतान्त्रिक चोकमा उनको पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी बनेका थिए ।

यसै क्रममा डा भट्टराईको काफिला आज आईतवार विहान बिहुँको अमर मावि र दिउँसो गल्कोट हटियामा जनसम्वाद यात्रा कार्यक्रम भ्याएर आजै बडीगाड गाउँपालिकाको खर्वाङमा आयोजित जनसम्वाद कार्यक्रममा सहभागी भएका थिए ।

आज खर्वाङमा आयोजना गरेको जनसंवाद कार्यक्रममा वोल्दै नयाँ शक्ति पार्टीका संयोजक डा.भट्टराईले देशको सम्वृद्धिको लागि जनसुकै राजनैतिक दल वा पार्टी भएपनि एक भएर लाग्नुपर्ने वताए । मध्यपहाडी क्षेत्रको विकासको लागि मध्य पहाडी लोकमार्ग वरदान सावित हुने भन्दै डा. भट्टराईले प्रत्येक घरमा सडक पुर्याउने नभइ विकासोन्मुख स्थानमा एकिकृत वस्ती वसाउनुपर्ने वताए । उत्तरगंगा जलाशययुक्त आयोजना बागलुङकै भागमा बडीगाड नदीमै वन्न उपयुक्त हुने उनले बताए ।

कार्यक्रममा नयाँ शक्तिका हेडक्वाटर सदस्य तथा पूर्व सांसद नवराज सुवेदीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा बडीगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, नेकपाका नेता राजिव घिमिरेले बडीगाड गाउँपालिका तथा यस क्षेत्रका विषयहरुको वारेमा जानकारी तथा जिज्ञासा राखेका थिए । माघ १५ देखि सुरु भएको यात्रा फागुन १५ मा सकिने नयाँ शक्ति पार्टीले जनाएको छ।

यसै विच पूर्व प्रधानमन्त्री भट्ट।राई गुल्मी मुसिकोट नगरपालिका गुल्मीले वामीटक्सारमा आयोजना गरिएको अन्तरसम्बाद कार्यक्रममा सहभागी भएका थिए ।

सो कार्यक्रममा डा. भट्राईले बुटवल देखि वामीटक्सार हुँदै मध्यपहाडी लोमार्गमा जोडिने सडक तत्काल सम्पन्न गर्नुपर्ने त्यसको लागि आफुले पनि पहल गर्ने वताए ।

त्यस्तै जनज्योती मावि मुनपा १ अरेवाको स्वर्ण महोत्सवको अवसरमा भैरहेको श्रीमद्भागवत धनधान्यान्चल महायज्ञमा पनि डा. भट्राई सहभाी भएका थिए ।

डा भट्टराईको भोलि विहान ८ बजे देखी १० बजे सम्म बुर्तिवाङ बजार र १२ बजे पछी झिवाखोलामा जनसम्वाद कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.