चोरीको अभियोगमा एक १७ वर्षिय युवक पक्राउ : चोरिएका गरगहना बरामद !

बानपा १३ पैयुँपाटामा वर्ष ३४ की महिलाद्वारा आत्महत्या ?

बागलुङ २०७५ फागुन ५ । केहि दिन पहिले बागलुङ नगरपालिका ४ मा पसल गरी बस्ने ऋषिराम गोतामेको पसल कोठाको ढोका फोडेर सुन चाँदीका गरगहना लगायतका धनमाल चोरी गरेको अभियोगमा प्रहरीले एक जना १७ वर्षिय युवकलाई पक्राउ गरी अनुसन्धान अघी बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चिरन्जीवी कोईरालाले दिएको जानकारी अनुसार गत माघ १८ गते गोतामेको पसल कोठा फोडी सुनचाँदीका गरहना लगायत धनमाल चोरेको घटनाको अनुसन्धानको क्रममा आजै फागुन ५ गते पक्राउ गरिएका उल्लेखित युवकलाई सोधपुछ गर्दा निजले चोरेको स्वीकार गरी उक्त गरगहनाहरु बानपा ४ मा रहेको युवराज राजभण्डारीको खेतमा खाल्डो खनी लुकाई राखेको साबिती बयान दिएको थियो । प्रहरीले अभियुक्तको बास्तविक नाम, थर, वतन नखोले पनि निजलाई बानपा ४ उपल्लाचौरबाट पक्राउ गरेको जनाएको छ ।

निज युवकले बताए अनुसारको जमिन उत्खनन गर्दा सेतो प्लाष्टिकमा पोको पारी सुन जस्तो देखिने पहेँलो धातुको बाला थान २, मंगलसुत्र थान १, चोक्कर थान १, औँठी थान १, चन्द्रमा १ र चाँदी जस्तो देखिने सेतो धातुको पाउजू थान २ बरामद गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच बागलुङ नगरपालिका १३ पैयुँपाट बस्ने वर्ष ३४ की सुशिला रेग्मीले आफ्नै घरको धुरी बलोमा सारीको पासो लगाई झुण्डिई मृत्य (आत्महत्या ?)भएको घटनाका सम्वन्धमा प्रहरीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवको पोष्टमार्टम पछी दाह संस्कारका लागी आजै मृतकका आफन्तलाई जिम्मा दिईएको जनाएको छ ।

महिलाको मृत्युको कारण के थियो त्यस सम्वन्धमा केहि जानकारी प्राप्त भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.