आजको तस्वीर : ट्राफिक प्रहरीले यस्तो विभेद गर्न मिल्छ ?

बागलुङ २०७५ फागुन ५ । केहि समय अघी एक जना सामाजिक अभियन्ताले बागलुङ बजारमा ट्राफिक प्रहरीले विभेद गरेको जानकारी आफ्नो फेसबुक वालमा केहि तस्बीरहरु (चलदृश्य सहित) राखेर दिएका छन् । कर्तव्यपालन गरिरहेका ट्राफिक प्रहरीले एकै कसूरमा कसैलाई जरिवाना गरेका छन भने कसैलाई उन्मुक्ति दिएको अभियन्ता मनिष रायमाझीले टिप्पणी गरेका छन् ।

नो पार्किङ एरियामा सवारी साधन रोकेर मालसमान अनलोड गर्दा कुनैलाई कार्बाही नगरी उन्मुक्ति दिएको र कुनै सवारी साधनलाई रु १ हजार जरिवाना लिएको भन्ने उनकाे प्रश्न छ।

उनले आफ्नो फेसबुक वालमा, सानो बच्चालाइ पिसाब लागेर गाडि साइड लगायर पिसाब फेर्न दिदा रु १००० जरिवाना तिराउनि आनि येसरि नोपार्किङमा गाडि राखदा केहि नगर्ने ? गम्भीर प्रश्न गर्दै कानून सबैलाई बराबर हुनुपर्नै उल्लेख गरेका छन् ।

किन प्रहरीले कसैलाई छुट र कसैलाई जरिवाना ग-यो ? जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसंग चित्तबुझ्दो जवाफ छ कि ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *