कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला समपन्न !

उद्धव मगर, दोहा कतार २०७५ फागुन ५ । सन २०१९ फेब्रुअरी १५ तारीखका दिन कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला भव्य रुपमा सम्पन्न गरेको छ । एरिया समिति अध्यक्ष शालिक राम पुनको अध्यक्षता प्रमुख अतिथी केन्द्रिय सचिवालय सदस्य लुमाकान्त पुन, विषेश अतिथी केन्द्रिय सल्लाहाकार सत्य बहादुर पुन उपस्थिती रहेको कार्यक्रममा एरियाका सचिव तेजवीर घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

यस भेलाले ९ पुर्ण सदस्यीय ३ सल्लाहाकार गरी जम्मा १२ सदस्यीय सलता एरिया समिति गठन भएको छ । जसमा अध्यक्ष मिन बहादुर वि.क –(प्युठान) उपाध्यक्ष, बोम बहादुर बुढा, (प्युठान) सचिव,तेजविर घर्ती मगर (प्युठान) कोषाध्यक्ष , डिल बहादुर वि.क –(प्युठान) सदस्य, केशर पुन,(प्युठान) होम बहादुर थापा, (तनहुँ) अगनु चौधरी, (दाङ) मिन बहादुर पुन,(दाङ) तेज बहादुर घर्ती,(दाङ) सल्लाहाकार सत्य बहादुर पुन (दाङ) लुमाकान्त पुन (दाङ) मिन राज पुन (दाङ) रहेको छ ।

भेलाका प्रमुअ अतिथी लुमाकान्त पुनले समसामयिक विषयसस्तु तथा संगठन सम्बन्धी धारणा प्रस्तुत गरेका थिए । संगठनको धारणा राख्दै प्रमुअ अतिथी लुमाकान्त पुनले कतार नेपाली एकता समाज १९९९ देखि गठन भए यता दुई दशक पार गर्ने क्रममा धेरै आरोह अबरोहका बीचमा पनि निरन्तर अगाडी बढेको र कतार नेपाली एकताले लिएको निती नै आम मजदूर वर्गहरुको लागी हितमा रहेको वताउदै आगामी दिनहरुमा यस समितिमा जिम्मेवारी पदमा रहेर काम गर्ने सम्पूर्ण पदाधिकारीहरुलाई कतार नेपाली एकता समाजमा लगनशील भएर काम गर्नु हुनेछ भन्ने आशा राख्दै नव नियुक्त एरिया समितिका सम्पूर्णलाई शुभ कामना दिएका थिए ।

विषेश अतिथी सत्य बहादुर पुनले नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । यस भेलामा उपस्थित हुने सम्पूर्णलाई भेलाका अध्यक्ष शालिक राम पुनले सबैलाई धन्यवाद दिदै कार्यक्रम सौहद्रपूर्ण वातारणमा समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.