१२ महिनामा १७ काण्ड घटाएको वर्तमान सरकार ईतिहासमै भ्रष्ट भएको डा भट्टराईको आरोप !

भरत सापकोटा, बागलु बिहुँ २०७५ फागुन ५ । केहि दिन देखि देश दौडाहामा रहेका पूर्व प्रधामंन्त्री एवं नयाशक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले आज बिहान बिहुँमा आयोजित कार्यक्रममा बोल्दै राज्यले नै भ्रष्ट्रचारीहरुको संरक्षण गरेकाले यो सरकार इतिहासकै भ्रष्ट भएको बताए । वर्तमान सरकारले १२ महिना बिताउदा सम्म देशमा १७काण्ड घटाएको भन्दै वाईडबोडी जहाज काण्डमा संसदीय समितिको छानविन प्रतिवेदनले दोषि ठहर देखाउदा सम्म कार्बाहि गर्न नसक्नु सरकारको नालायकिपन भएको बताए ।

डा।भट्टाराईले सडक निर्माण होस या एनसेल प्रकरण होस या बुढिगण्डकी काण्ड होस या ३३ किलो सुन काण्ड किन नहोस सबै काण्डै काण्डको र वेतिथिको सरकारले जनतालाई कुनै पनि हालतमा सम्बृद्धि र सुख दिन नसक्ने बताए । जनताका हरेक समस्याहरु ज्यूँकात्यूँ रहेकाले नारा सम्बृद्धि भएर के गर्ने अहिलेको सरकारको कामले आफुलाई लाज लागेको छ तर सरकार आफैले किन लाज नमानेको होला ? भन्ने प्रतिप्रश्न गरे ।

नेपालको चिवा भन्ज्याङबाट जनता संबाद कार्यक्रम अन्तर्गत आज मध्यपहाडी राजमार्ग हुँदै बिहुँ सम्म आईपुग्दा २० दिनको यात्रामा रहेको उल्लेख गर्दै यहाँका स्थानिय जनप्रतिनिधि र जनताहरु संग संवाद जेडिएको बताए । उनले भने, हरेक स्थानिय सरकारको जग बलियो भएन भने गाउँको विकास गतिलो नहुने जिकिर गरेका थिए ।

अमर माध्यमिक विद्यालय बिहुँकोटमा आयोजना गरिएको जनसंवाद कार्यक्रममा स्थानियहरुले विभिन्व किसिमका समस्या र जिज्ञासा समेत राखेका थिए। अमर मा बि का प्रधानाध्यपक भिष्म कडेंलको स्वागत रहेको कार्यक्रममा वडा अध्यक्ष शिव प्रसाद कडेंल अध्यक्षता सम्पन्न कार्यक्रम को संचालन धर्मराज पन्थीले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *