वर्तमान दुई तिहाईको सरकार सत्ता मोहमा अल्झेकाले सम्मृद्धिको यात्रा तय गर्न सक्तैन : डा भट्टराई

कोपिला कंडेल, बागलुङ २०७५ फागुन ४ । नयां शक्ति पार्टीका प्रमुख अभियन्ता डा. बाबुराम भट्टराईले वर्तमान सरकार सत्ता मोह र भ्रष्टाचारको चंगुलमा फसेकाले सम्मृद्धिको सपना पुरा गर्न नसक्ने आरोप लगाएका छन् ।

नयां शक्ति पार्टी बागलुङले शनिबार बागलुङ बजार स्थित लोकतान्त्रिक चोकमा आयोजना गरेको जनसंबाद कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईंले अवको यात्रा बिकास र आर्थिक सम्मृद्धिको भएकोमा जोड दिए । नयां संबिधान निर्माण भए संगै राजनीतिक क्रान्ति पुरा भएको छ, पूर्व प्रधानमन्त्री भट्टराईले भने अवको प्रमुख कार्यभार आर्थिक क्रान्ति नै हो । वर्तमान दुई तिहाईको सरकार सत्ता मोहमा अल्झेकाले सम्मृद्धिको यात्रा तय गर्न नसक्ने उनको दाबी थियो । सरकार भ्रष्टाचार र कमिशनको जालोमा फसेको छ, नयां शक्तिका प्रमुख अभियन्ता डा. भट्टराईले भने,जुनसुकै बिचार र सिद्धान्तमा लगेपनि राजनीतिक ईमान्दारिता भएन भने मुलुकले सहि दिशा लिन सक्दैन । मुलुक साधन र श्रोतले सम्पन्न भएपनि भिजन प्रतिबद्धता र ईमान्दारीताको हिसाबले पछि परेको चर्चा गदै उनले बिचार र सिद्धान्तले जहां जहां भएपनि मुलुक बनाउने कार्यमा एकै ठाउंमा हुनुपर्नेमा जोड दिए ।

बिकास र सम्मृद्धिका लागि भौतिक र सामाजिक पुर्वाधार निर्माण गर्न आवश्यक छ, उनंले भने, त्यसको लागि पहिलो एजेण्डा सडक निर्माण र शैक्षिक बिकास अनिबार्य छ ।

सहभागीको प्रश्नको जवाफ दिदै भट्टराईले संबिधान प्रतिको सद्भाव र मायां सबैभन्दा बढि आफुलाई भएको दाबी गरे । पछिल्लो संबिधान निर्माणमा सबै भन्दा महत्वपुर्ण हात मेरो छ, डा भट्टराईले भने बच्चाको मायां जसले जन्माउछ उसैलाई बढी हुन्छ । संबिधान निर्माण पछि राजनितिक क्रान्ति पुरा भएकाले आर्थिक क्रान्तिको दिशामा अघि बढेको दाबी समेत गरे ।

सो अवसरमा नयां शक्ति पार्टीका केन्द्रिय हेड क्वाटर सदस्य एबं पूर्व सांसद नवराज सुबेदी, संघिय कार्यकारी सदस्य देबी प्रसाद सुबेदी र संघिय सदस्य कमला गुरुङ्ग लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नयां शक्ति पार्टी बागलुङका अभियन्ता कृष्ण प्रसाद साप्कोटाले गरेका थिए ।

यसैवीच डा भट्टाराईले आजै बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको एक अन्तरक्रियमा कार्यक्रममा सहभागी भएका थिए ।
तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.