बागलुङ-काठमाडौँ रात्रिकालीन भीआईपी बस सेवा सन्चालनमा : एक यात्रुको भाडा रु १५ सय

कोपिला कँडेल, बागलुङ २०७५ फागुन ४ । बागलुङका जनतालाई सुबिधा सम्पन्न सेवा दिने उद्देश्यले धौलागिरि अन्चल यातायात बस ब्यबसायी समिति र पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौ रात्रिकालीन भिआईपी बस सेवा आईतबार देखी संचालनमा ल्याउने बताएका छन ।

रात्रिकालीन भीआईपी बस भित्र पत्रकारहरु : बलेवाको बिमान सेवा जस्तो नहोस ।
धौलागिरि अन्चल यातायात बस ब्यवसायी समितिका अध्यक्ष उमेश केसीले अहिले दिवाकालीन सेवा भन्दा रात्रिकालीन सेवा लिने यात्रु बढी भएको कारणले पनि बागलुङ काठमाडौ रात्रिकालीन सेवा सुरू गर्नुपरेको पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलन ।
जगदम्बा ट्राभल्स प्रालि र धौलागरि बस ब्यबसायी समिति बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन गरि २० सिट क्षमताको भीआईपी बस भित्र वाइफाइ सेवा, चिया कफी, मनोरन्जन, पानी, कोल्डड्रींस, हाइ टी सहितको सेवा भएको भीआईपी बस सेवा शुरू गरेको पोखरा जगदम्बा ट्राभल्स प्रालि पोखराका केशब प्रसाद अधिकारीले बताए । बागलुङबाट काठमाडौंको लागि बेलुकी ६ बजे छुट्ने बसको भाडा रू १५ सय कायम गरेको समेत पत्रकार सम्मेलनमा अधिकारीले बताए । तर सरोकारवाला निकायहरुको समन्वयमा भाडा समायोजन गरिएको हो वा प्रालिले एक्लै भाडा दर तोकेको हो त्यो भने अधिकारीले खुलाएनन् । यात्रुहरु भने एकतर्फी भाडा रु १५ सय तोकिएको थाहा पाएपछी महंगो भयो भनिरहेका छन् ।

भिआईपी बस सेवा बारे जानकारी दिदै अधिकारी र उमेश केसी

भीआईपी बसमा प्याकेजमा बस भाडा ८ सय ८०, सोफा सिट चार्ज २ सय २०, चिया कफी दुई पटक एक सय, पानी दुई पटक ५०, हाई टि एक सय, वाईफाई ५०, मनोरञ्जन ५० र कोल्डड्रिङस् ५० गरी १५ सय रुपैँया कायम गरिएको अधिकारीले जानकारी दिए । खण्ड खण्ड गरी यात्रु भाडा तोकिएको सम्भवत: बागलुङमा यो पहिलो घटना हो ।

तस्वीर- किरण आचाय ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply