शिक्षकले शैक्षिक उन्नयन संगै सामाजिक गतिको समेत नेतृत्व गर्नु पर्छ : प्रदेश सांसद बुढा

कमल पौडेल, गल्कोट २०७५ फागुन ४ । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनको संयुक्त प्रादेशिक निर्वाचन क्षेत्र स्तरीय भेला गल्कोटमा सम्पन्न भएको छ ।

शनिवार आयोजित शिक्षक संगठनहरुको संयुक्त भेलाको गण्डकी प्रदेश प्रदेश सभा सदस्य चन्द्र वहादुर वुढा सागरले उद्घाटन गरेका थिए ।

आफ्नो उद्घाटन भाषणमा प्रदेश सांसद बुढाले समाजको सचेत वर्ग शिक्षकहरु भएको भन्दै शैक्षिक उन्नयन संगै सामाजिक गतिलाई समेत नेतृत्व गर्नुपर्ने वताएका थिए । उनले जनताले निर्वाचित गरेका जनप्रतिनिधिलाई निरन्तर निग्रानीमा राख्नुपर्ने भन्दै सरकारले नयाँ संरचनामा आधार तयार गर्ने गरि काम गरिरहेको खुलासा पनि गरे । सांसद वुढाले पार्टी एकताको काम प्रदेश तहसम्म टुंगि सकेको र वाँकीकाम छिट्टै टुंगिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य गोपालमणि लामिछानेले शिक्षकहरुको वृत्ति विकासको लागि कर्मचारीहरु नै सकारात्मक हुन नसक्नु दुखद् भएको वताएका थिए ।

त्यस्तै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख तथा नेकपाका जिल्ला नेता विष्णु भुसालले जनप्रतिनिधिले विकास योजना तथा नीति निर्माणमा निर्वाचित आधार जनतालाई ध्यानमा राख्नुपर्ने वताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष गोविन्द गौतम, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नागेन्द्र खरेल, वरिष्ठ जिल्ला उपाध्यक्ष जित वहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो भेलामा बागलुङ क्षेत्र नं. २ (क) अन्तरगतका बडीगाड गाउँपालिका, गल्कोट नगरपालिका र तारा खोला गाउँपालिकाका दुवै संगठन संग सम्बद्ध शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अखिल नेपाल शिक्षक संगठन बडिगाडका संयोजक नेत्र गौतमको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोटका संयोजक राम खत्रिको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *