शरीरका लागि योग, मनका लागि ध्यान : सहकारीकर्मीलाई तनाव व्यवस्थापन सम्वन्धि ध्यान शिविर !

सुमन जि.सी., बागलुङ २०७५ फागुन ४ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङ र अमृतम ध्यान केन्द्र बागलुङको संयूक्त आयोजनामा “शरीरका लागि योग, मनका लागि ध्यान” भन्ने मूल नाराका साथ तनाव व्यवस्थापन सम्वन्धि १ दिने ध्यान शिविर सम्पन्न भएको छ ।

जिल्लामा क्रियाशील सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रम बा.न.पा.–४ कुडुले फेदी स्थित तिरुपती बालाजी धाममा सम्पन्न भएको थियो ।

तनाव व्यवस्थापन तथा ध्यान शिविरको उद्घाटन ऋषि प्रपन्नाचार्य र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संयूक्त रुपमा दीप प्रज्वलन गरी गरेका थिए ।

बिहान ८ बजेदेखि दिनको ३ बजेसम्म सञ्चालन भएको ध्यान शिविरमा तनाबबाट मुक्ति, समयको व्यवस्थापन, जीवनको लक्ष्य लगाएतका विविध विषयहरुमा ओशो अमृतम ध्यान केन्द्र बागलुङकी आत्मो जोसनाले प्रवचन दिएकी थिईन् ।

जिल्लाका १३ वटा सहकारी संस्थाका ८० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ओशो अमृतम ध्यान केन्द्र बागलुङका अध्यक्ष लिला खड्का र स्वागत जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक एवं आजको कार्यक्रमका संयोजक महेन्द्रसिंह रायमाझीले गरेका थिए ।

कार्यक्रममा ओशो अमृतम ध्यान केन्द्र बागलुङकी आत्मो जोसनालाई जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तर्फबाट धन्यवाद सहित सम्मान–पत्रव्दारा सम्मानित गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *