बिद्यालयमा राजनीति नगर्न नगरप्रमुख गैरेको आग्रह !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ फागुन ३ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बिद्यालयलाई बिशुद्ध शैक्षिक क्रियाकलापमा आधारित संस्थाको रुपमा बिकास गनुपर्ने बताएका छन् ।

रत्नलक्ष्मी माद्यमिक बिद्यालय गल्कोट नगरपालिका वाड नम्बर ११ रिघाको ६० औ बार्षिक उत्सवको अवसरमा बोल्दै गैरेले पछिल्लो समय बिद्यालयमा राजनैतिक गतिबिधि बढ्न गईरहेकोमा चिन्ता व्यक्त गरे । उनले यस्तो कृयाकलापले शैक्षिक क्रियाकलापलाई असर पार्ने भन्दै बिद्यालयमा राजनीतिले प्रसय पाउने गतिबिधि नगर्न आग्रह समेत गरे ।

नगरपालिकाको केन्द्रदेखि दुर्गम ठाउमा सञ्चालन भएको बिद्यालयको शैक्षिक र भौतिक पक्षको सुधारका लागी नगरपालिका सकरात्मक भएको समेत गैरेको भनाई थियो ।

कार्यक्रममा लाल प्रसाद घर्तीले समेत शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा बिद्यालय स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको बिद्यालयले जनाएको छ ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता र शिक्षक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.