कर्मभूमि फाउण्डेसनबाट देउराली प्राविका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण !

झरना कँडेल, बुर्तिवाङ २०७५ फागुन ३ । कर्मभूमि फाउन्डेसन ढोरपाटन नगरपालिका बुर्तिवाङले आज देउराली प्राबि ढोनपा ३ पुर्कोटमा बिभिन्न ७ बिधामा छात्रबृत्ति बितरण गरेको छ ।

गरिब तथा जेहन्दार १ छात्र र १ छात्रालाई विद्यालय पोषाक र अन्य दलित छात्र छात्रा ,जनजाति छात्र छात्रा ,ब्यक्तिगत सरसफाई ,अनुसासन ,खेलकुद उत्कृष्ट ,र बिद्यालय उत्कृष्टमा एक छात्र एक छात्रालाई स्टेशनरी गरि जम्मा १४ जना बिद्याथीैहरुलाई छात्रबृत्ति वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा ढोनपा ३ का अध्यक्ष हेमेन्द्र घर्तीमगरले यो सस्थाले सराहनीय काम गरेकोमा प्रशंसा गर्दै ,यस्ता कार्यका लागि आफ्नो शतप्रतिशत सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । विद्यालयका प्रअ श्याम बोहोराले सराहनीय कार्यका लागि फाउण्डेसनलाई धन्यबाद दिए ।

कर्मभूमि फाउन्डेसनका सस्थापक अध्यक्ष कमल भुषालले सरकारी बिद्यालयमा पढ्ने विद्यार्थीहरुलाइ होसला स्वरुप छात्रबृत्ति बितरण गरिएको बताए ।

कर्मभूमि फाउन्डेसनको अध्यक्ष कमल भुषालको अध्यक्षता, ढोनपा ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगरको प्रमुख आतित्थ्यता देउराली प्राबिका प्रअ श्याम बोहोरा , शिक्षिकाहरु, फाउन्डेसनकन सचिब देब बिक ,दिपक किक विद्यार्थीको उपस्थिती रहेको थियो ।

महासचिब सतिस कुमार सिहको स्वागत मन्तब्यबाट सुरु कार्यक्रमको सञ्चालन फाउन्डेसनकी सदस्य झरना कंडेलले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *