बर्षा सँगैको चट्याङ लाग्दा बडीगाड –८ रणसिह किटेनीमा एक युवकको मृत्यु !

नवीन श्रीस, बुर्तिबाङ २०७५ फागुन ३ । बडीगाड गाउपालिका वडा नं –८ साविकको रणसिह किटेनी गाविस वडा नं. १ पुरानो गाउँमा हिजो चट्याङ लाग्दा एक युवकको ज्यान गएको छ भने एक जना सामान्य घाइते भएका छन् ।

स्थानिय अमृता श्रीसका साहिलो छोरा २२ वर्षिय कृष्ण श्रीसको हिजो साझ करीव ७ बजे वर्षासँगैको चट्याङ लागेर मृत्यु भएको हो । हिजो साझ आफ्नै घरको खातमा भतिज पर्ने दिल वहादुर श्रीस सँग आफु खाटमा सुतिरहेको र भतिज बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा उनको मृत्यु भएको वाडिगाड गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष याम बहादुर श्रीसले जानकारी दिए ।

सँगै बसेका भतिज दिल बहादुर श्रीस भने सामान्य घाइते भएका छन् । उनी केही समय बेहोस् भई होसमा आएको प्रत्यक्षदर्शीले बताए । घाईते श्रीसको अबस्था अहिले सामान्य रहेको र मृतकलाई आजै दाहासंस्कार गरिएको पारिवारिक श्रोतले बताएको छ । मृतकका बुवा उत बहादुर श्रीसको पनि केही बर्ष अगाडि भिरबाट लडेर मृत्यु भएको थियो । सो घटनाले गर्दा सिङ्गो गाउँनै सोक मग्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *