स्वर्गिय बाबाको सम्झनामा बिधालयलाई टेलिफोनसेट सहयोग !

बागलुङ २०७५ फागुन २ । बडीगाड गाउँपालिका वडा न.-५ ग्वालीचौर दाँगको एक बिधालयलाई एक परिवारले टेलिफोनसेट सहयोग गरेको छ ।
बिधालयको ४६ औं बार्षिकउत्सबको अबसरमा आयोजित कार्यक्रममा उक्त टेलिफोन सेट हस्तान्तरण गरियको हो ।

स्वर्गिय बाबा चन्द्रमणि घिमिरेको सम्झना एवं आमा चेमकली घिमिरेको नाममा जापानमा रहेका छोराहरु इश्वरी प्रसाद/हरि प्रसाद तथा नेपालमा रहेका राम प्रसाद घिमिरेको तर्फबाट आफुहरुले पढेको बिधालय बडिगाड गाउँपालिका वडा न.-५ ग्वालीचौर दाँगमा रहेको श्री थानापति आधारभुत बिधालयलाई एक थान CDMA (ल्यानलाईन) टेलिफोन सेट कान्छा छोरा प्रसाद घिमिरेको हातबाट हस्तान्तरण गरिएको हो।
सुचना सञ्चारको बढ्दो प्रयोगले मानबिय जीवन सरल र सहज बनाईरहेको समयमा आफु पढेको बिधालयमा पनि उक्त सहजताको आशा सँगै टेलिफोन सेट हस्तान्तरण गरेको राम प्रसाद घिमिरेले बताए ।

“हामिले केही समय अगाडि देखिनै बिधालयलाई सहयोग गर्ने सोँचमा थियौँ आज यो बिशेष समारोहको अबसरमा आफु अध्ययन गरेको बिधालयलाइइ सहयोग गर्न पाउँदा निकै हर्सित छु, फोन हस्तान्तरण पश्चात् घिमिरेले भने “टेलिफोनले बिधालयको प्रशासनिक साथै सस्थांगत प्रबर्द्धन मा सहयोग पुग्ने छ, टेलिफोनको सहि सदुपयोग हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *