प्रभा मावि झिवाखोलाको ५८ औं वार्षिकोत्सव सप्पन्न : समाज परिवर्तन गर्ने सबैभन्दा महत्वपूर्ण आधार शिक्षा

झम सिर्पाली, निसीखोला बागलुङ २०७५ फागुन २ । निसीखोला गाउँपालिका ३ झिवाखोला स्थित प्रभा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । बार्षिकोत्सबको अवसरमा आयोजित विभिन्न शैक्षिक, बौद्धिक, सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु अनौपचारिक रुपमा गत माघ २७ देखि सुरु भएतापनी कार्यक्रमको औपचारिक उद्घाटन भने आज निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले गरेका थिए ।

कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष पौडेलले समाज परिवर्तन गर्ने सबैभन्दा महत्वपूर्ण आधार शिक्षा भएकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए। अध्यक्ष पौडेलले शिक्षालाई बर्तमान परिप्रेक्ष्य सुहाउँदो र जीवन उपयोगी बनाउनका लागि प्राबिधिक शिक्षा अनिवार्य भएकाले व्यबहारिक र प्राबिधिक शिक्षा प्रणाली बिद्यालयमा लागु गर्न आवस्यक रहेको औंल्याउँदै आफू आवश्यक सहयोग गर्न तत्पर रहेको र त्यसमा सबैको साथ समर्थन हुनुपर्ने बताए ।

कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष जुनबिक्रम शाही, वडा नं ४ का वडाध्यक्ष टिकानिधी पौडेल, सामुदायिक रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र निरासी लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले विद्यालयको आर्थिक तथा बार्षिक प्रगती प्रतिबेदनसमेत बाचन गरेका थिए ।

आजै सम्पन्न माध्यमिक तह स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रभा माध्यमिक विद्यालय निसीखोला ३ झिवाखोला प्रथम, देविस्थान माध्यमिक विद्यालय निसीखोला १ देविस्थान व्दितीय, जनजिवराज सुशिला माध्यमिक विद्यालय निसीखोला ४ झिम्पा तृतीय तथा रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय निसीखोला २ जुग्जाखोला सान्त्वना भएको विद्यालयका शिक्षक प्रेमराज पौडेलले जानकारी दिए ।

यसैबीच ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीद्वारा स्थापित रु। १ लाख १ हजार तथा निसीखोला ४ निवासी शिक्षक प्रेमप्रसाद पौडेलकी स्वर्गीय श्रीमती सावित्री पौडेलको नाममा स्थापित अक्षयकोष रु १ लाख १ हजार ५ सयको वार्षिक व्याजबाट कक्षा ४ मा अध्ययनरत छात्रा पबित्रा परियार कक्षा ६ मा अध्ययनरत छात्र राम बहादुर परियार कक्षा १० मा अध्ययनरत छात्र कृष्ण कडेंल तथा कक्षा १२ मा अध्ययनरत छात्रा लब्ली भुषाललाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा सम्पुर्ण प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, चन्दादाता सम्मान सहित आजै कार्यक्रम समापन गरिएको छ ।

कार्यक्रम विद्यालयका व्यवस्थापन समिती अध्यक्ष रमेशविक्रम शाहीको अध्यक्षता शिक्षक दीपक बहादुर शाहीको स्वागत मन्तव्य तथा शिक्षक भुमिराज आचार्यको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *