जनज्योति माविको हिरक महोत्सव सुरु, विभेदकारी शिक्षा नीतिको अन्त्य हुन्छ –प्रदेश मन्त्री चौधरी

कमल पौडेल, गुल्मी मुसिकोट २०७५ फागुन २ । प्रदेश नं. ५ का भौतिक योजना तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले विभेदकारी शिक्षा नीतिको अन्त्य हुने वताएका छन् ।

वुधवार जनज्योति मावि मुसिकोट नगरपालिका वडा नं. १ अरेवाको हिरक महोत्सव तथा श्रीमद्भागवत् धन धान्याञ्चल नवाह ज्ञान महायज्ञ २०७५ को उद्घाटन गर्दै मन्त्री चौधरीले राज्यले समान शिक्षाको लागि आवश्यक निति तर्जुमा गरेको जानकारी गराउँदै कोहिपनि शिक्षाको अभावमा अध्यारो जीवन विताउनु नपर्ने वताए । सरकार निर्माणको पहिलो वर्ष कानुन निर्माणमै वढी ध्यान दिनुपरेको भन्दै आर्थिक वर्षको अन्त्य सम्म १ सय १६ कानुन तथा ४० नयाँ विधेयक निर्माण गरिने जानकारी दिए । उनले पर्यटन मार्फत तिव्र गतिमा विकास गर्दै प्रदेश ५ लाई देशकै पहिलो विकसित प्रदेशको रुपमा विकास गर्ने योजना रहेको समेत वताए ।

कार्यक्रममा विशेषाधिकार समितिका सभापति तथा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिक्षाले सिपको विकास र श्रमको सम्मान गर्न सक्ने हुनुपर्ने वताए भने मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विहान कलश यात्रा सहित सुरुभएको कार्यक्रममा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज जीले प्रवचन गरिरहेका छन् ।

कार्यक्रममा स्थानिय पञ्चेवाजा, झाँकी, भैलो लगाएतका साँस्कृतिक प्रस्तुतिहरु पनि प्रदर्शन गरिएको थियो। विद्यालयको सर्वाङ्गीण विकासको लागि आयोजना गरिएको महायज्ञवाट १ करोड वढि रकम संकलन हुने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिए । ९ दिन सम्म चल्ने महायज्ञको पहिलो दिन सम्म ५५ लाख रकम वोल संकलन भएको छ।

उद्घाटन कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझीको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.