बडीगाड गाउपालिकामा २४ औ जनयुद्ध दिवस : नेकपाको नेतृत्वबाटै परिबर्तन सम्भव – घिमिरे

दिनेश शर्मा, बडीगाड २०७५ फागुन २ । बडगिाड गाउपालिकामा बुधवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बडीगाड पार्टी सम्यन्त्रको आयोजना र प्रदेश कमिटीको सम्योजनमा महान जनयुद्धको २४ औ बार्षिकोत्सब एक कार्यक्रमका बिच भब्य रुपले मनाइएको छ।

कार्यक्रममा बडीगाड सम्यन्त्रका सदस्य तिर्थमणि भुषालको अध्यक्षता प्रदेश कमिटी सदस्य राजिब घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश समिती सदस्य सुनिल शेरचन , जिल्ला समन्वय समितीका उपप्रमुख तथा पार्टी जिल्ला सम्यन्त्र सदस्य बिष्णु भुसाल ,बडीगाड गाउपालिकाका अध्यक्ष तथा पार्टी जिल्ला सदस्य मेहरसिह पाइजा वडा न २ का कार्यबाहक अध्यक्ष हिमा खरेल,वडा न ३का वडाअध्यक्ष्य खडक पुन, वडा न ४ का वडाध्यक्ष्य प्रेम गलामी, वडा न ८ का वडाध्यक्ष तथा पार्टी जिल्ला सदस्य यम श्रीस वडा न ९ का वडाध्यक्ष्य कृष्ण खत्री वडा न १० का वडाध्यक्ष तथा बडीगाड सम्यन्त्र सदस्य वीरेन्द्र बुढा जिल्ला सदस्य बिना थापा, ढालेन्द्र शेरचन लगाएतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै बक्ताहरुले यो समय विशेष गरि जनप्रतिनिधिहरुको कार्यदक्षता र कार्यकुशलता जनताले हेर्ने समय रहेको भन्दै जनताप्रती उत्तरदायी भएर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका थिए।

उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख भुसालले इमान्दार र साझा ढङ्गले जनताको सेवामा लाग्न निर्देशन दिएका थिए ।
उक्त कार्यक्रममा बोल्दै बडीगाड गाउपालिका अध्यक्ष पाइजाले आफू सुशासन र समृद्ध अनि अनुशासित बडीगाड निर्माणको अभियानमा रहेको भन्दै उक्त अभियानमा सङ्गै हातेमालो गरेर अगाडि बढ्न आह्वान गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजिब घिमिरेले सरकारलाई अलोकप्रीय साबित गर्न देशीविदेशी शक्ति लागिपरेको भन्दै सरकारले गरेको राम्रा कामहरु जनतासमक्ष पुर्याउन कार्यकर्ताहरु लाग्नुपर्ने आवश्यकता रहेको बताए । उनले संसारमा कम्युनिस्टहरु मिल्न सक्दैनन भन्ने कुरालाई चुनौती दिदै नेपालमा दुई ठुला कम्युनिस्टहरु एक ढिक्का भएर अगाडि बढेकोले नेकपाको नेतृत्वबाटै परिबर्तन सम्भव भएको जिकिर समेत गरे।

कार्यक्रममा बडीगाड ३ शिसाखानीका निरोज घर्ती नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका थिए । कार्यक्रममा जनयुद्दका घाइते प्रकाश बिकलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रम वीरेन्द्र बुढाको स्वागत मन्तब्य तथा दिनेश शर्माको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.