प्रभा मा विको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता संपन्न : वार्षिकोत्सवको उद्घाटन भोलि !

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ फागुन १ । निसीखोला गाउँपालिका वडा नं. ३ मा अवस्थित प्रभा माध्यमिक विद्यालयले आफ्नो ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु संचालन गरेको छ ।

अहिलेसम्म सम्पन्न प्रतियोगिताहरुमध्ये वडास्तरीय भलिबल प्रतियोगितमा वडा नं ३ प्रथम भएको छ भने वडा नं. १ द्धितीय भएको छ । त्यसैगरी आधारभूत तह विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रभा मा.वि. प्रथम, ज्योति आधारभूत विद्यालय द्धितीय र जनजीवराज शुसिला मा.वि. तृतीय भएका छन् । त्यसैगरी बौद्धिक खेल प्रतियोगितामा बोहरागाउँ प्रा.वि. प्रथम, प्रभा मा.वि. द्धितीय र जनचेतना आधारभूत विद्यालय तृतीय भएको बताइएको छ ।

त्यसैगरी कक्षा १ देखि ३ सम्मको बेलुनफोर प्रतियोगितामा बोहरागाउँ लिटिल रोज बोर्डिङ स्कुल प्रथम, जनमुक्ति आधारभूत विद्यालय द्धितीय र ज्योति आधारभूत विद्यालयले तृतीय स्थान हासिल गरेको बताइएको छ ।अन्य कार्यक्रमहरु भोलि हुने विद्यालयले जनाएको छ ।

विद्यालयको ५८औं वार्षिकोत्सव कार्यक्रमको विधिवत् उद्घाटन भोलि निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलबाट गरिने र सो अवसरमा चन्दादाता, शिक्षाप्रेमी एवं अभिभावकहरुलाई अभिनन्दन गरिने लगायतका कार्यक्रमहरु रहेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.