सरस्वती मा बि दुदिलाभाटीको ५८ औँ वार्षिकोत्सव : शिक्षा जीवनको उपहार !

गल्कोट २०७५ फागुन १ । नगरप्रमुख भरत शर्मा गैरेले शिक्षा जीवनको उपहार भएको बताएका छन् । सरस्वती माद्यमिक बिद्यालय गलकोट नगरपालिका १ दुदिलाभाटीको ५८ औ बार्षिक उत्सवको अवसरमा बोल्दै गैरेले गैरेले शिक्षाले जीवनमा उज्यालो छर्ने भन्दै बालबालिकाको भबिष्यको लागी नगरपालिकाले नगरभित्रका सम्पुर्ण बिद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्ने गरि कार्ययोजना तयार पारेको बताए ।

उनले शिक्षा क्षेत्रमा धेरै चुनौती भएका कारण अभिभावक, बिद्यार्थी र शिक्षकहरुको सयुक्त सहकार्यले नगरपालिका भित्रको शिक्षालाई अगाडि बढाउने बताए ।

सो अवसरमा बिद्यालयले नगरप्रमुख गैरे र गल्कोट नगरपालिकाका प्रेस सल्लाकार गुमानसिह भण्डारीलाई मायाको चिनो प्रदान गरेको थियो । बार्षिक उत्सवको अवसरमा बिद्यालयले साबिक दुदिलाभाटी गाबिस भित्रको वडा स्तरिय भलिबल प्रतियोगिता, अन्तर प्राथमिक बिद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बुढाथोकीको अध्यक्षता, शिक्षिका कोपिला कार्की थापाको स्वागत मन्तब्य र शिक्षक गणेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.