बागलुङ, पर्वत र म्याग्दीका नगरपालिकामा को को खटिए अधिकृत ?

बागलुङ २०७३ चैत ५ । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ ।
यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका छन् ।

बागलुङ जिल्लाका बागलुङ, गल्कोट, ढोरपाटन र जैमिनी नगरपालिकाहरुमा क्रमश सुवास कुमार लामिछाने, प्रदिपचन्द्र सुवेदी, रामप्रसाद आचार्य र विष्णुप्रसाद सुवेदी कार्यकारी अधिकृत रहेका भने पर्वत जिल्लाको कुस्मा नगरपालिकामा हिरामणी सुवेदी र फलेवास नगरपालिकामा मोतिराम सापकोटा खटिएका छन् । उता म्याग्दी जिल्लाको एकमात्र बेनी नगरपालिकामा विश्वामित्र कुईँकेल कार्यकारी अधिकृतमा आउने भएका छन् ।

बागलुङ जिल्लाका ६ गाउँ पालिकाहरुमा मन्त्रालयले अधिकृत खटाएको छ । जस अनुसार ताराखोला शान्ति पौडेल, काठेखोला सीतादेवी न्यौपाने, बरेङ बैकुण्ठ पौडेल, बडीगाड विनोद कुमार कोईराला, निसीखोला सन्जय अधिकारी र तमान खोला खिमबहादुर बिक अधिकृत खटिएका छन् ।

पर्बत जिल्लाका जलजला गापा-सिता पोख्रेल अर्याल ,मोदि गापा -कुमान सिह गुरुङ , बिहादी गापा-चन्द्र देव जोसि ,पयु गा पा -कल्पना खनाल बस्नेत ,माहासिला गापा-बिष्णु माया ढकाल अधिकृत खटिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.