जनयुद्धका महत्वपुर्ण उपलब्धीलाई वर्तमान सरकारले धरासायी बनाएको केस भुसालको आरोप !

कोपिला कंडेल, बागलुङ, २०७५ फागुन १ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवस मार्चपास सहित युवा संगठनको सम्मेलनका साथ मनाएको छ । नेकपा सम्बद्ध नेता कार्यकता एबं युवा संगठनले बागलुङ बजारका बिभिन्न भागमा मार्चपास गरी लोकतान्त्रिक चोकमा भेला तथा सम्मेलनमा परिणत भएको थियो ।

राष्ट्रघाती दलाल फाँसिबाद विरुद्ध हाम्रो आन्दोलन,राष्ट्र निर्माण र बैज्ञानिक समाजबाद निर्माणका लागि चौथो जिल्ला सम्मेलन भन्ने नारा सहित संचालित कार्यक्रमको उद्घाटन ने.क.पा केन्द्रिय सदस्य भेषराज भुसालले गरेका थिए । सो अवसरमा बोल्दै भुषालले जनयुद्धका महत्वपुर्ण उपलब्धीलाई वर्तमान सरकारले धरासायी बनाएको आरोप लगाए । पछिल्लो समय राष्ट्रिय स्वाधिनता र बर्गिय मुक्तिको प्रश्न झनझन जटिल बन्दै गएको भन्दै नेकपा नेता भुषालले जनआन्दोलन अझै जारी रहेको दाबी समेत गरे । वर्तमान दुई तिहाईको सरकारले चर्को रुपमा भ्रष्टाचार बिकृति बिसंगति बलात्कार लगायतका अनियमितता मच्चाएको छ, उनले भने, जनताको जनजिवीकाको सवालमा हामी जस्तोसुकै मुल्य चुकाउन पनि पछि पर्ने छैनौ । भुषालले बर्गिय उत्पीडनको अन्त्यको लागि आन्दोलनलाई सशक्त बनाउने दाबी समेत गरे ।

त्यसैगरी नेकपा जिल्ला ईन्चार्ज बिकिरणले जनताको जनजिवीकाको सवालमा आवाज उठाउदा सरकारले दमन गरेको आरोप लगाए । फटाहा तस्कर माफिया भ्रष्टाचार बलत्कारीलाई कारबाहीको लागि माग गर्दा सरकारले दमन गरेको चर्चा गर्दै नेकपा ईन्चार्ज बिकिरणले अनियमितता मच्चाउनेलाई कारबाही गर्न आफुहरु पनि पछि नहट्ने चेतावनी दिए ।

सो अवसरमा मजदुर संगठन बागलुका संयोजक गोबिन्द कार्की र युवा संगठन म्याग्दीका संयोजक किरण पुनले दलाल संसदीय ब्यवस्थाको अन्त्य गरी बैज्ञानिक समाज स्थापनाका लागि युवा वर्गले सशक्त आन्दोलन गर्नुपर्ने बताएका थिए । सम्मेलनले नयां नेतृत्व चयन गर्ने नेकपाले जनाएको छ ।

कार्यक्रम युवा संगठन बागलुङ्गका संयोजक एलबी बुढाको अध्यक्षता सदस्य जीवन पुनको स्वागत मन्तब्य र सुमित घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.