गल्कोट नगरपालिकामा विद्यालय आफू अनुकुल र मनोमानी ढंगले चल्ने परिपाटीको अन्त्य- गैरे

गुमानसिँह भण्डारी गल्कोट २०७५ फागुन १ । विद्यालय आफू अनुकुल र मनोमानी चल्ने परिपाटीको अन्त्य गर्ने गरी नगरपालिकाले नीतिमा नै व्यवस्था गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् ।

गल्कोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गल्कोटमा आयोजना गरिएको गल्कोट नगरपालिका स्तरिय सामुदायिक तथा संस्थागत बिद्यालयका प्रध्यानाध्यापकहरुको बैठकमा बोल्दै गैरेले यस्तो बताएका हुन । नगरपालिका स्तरबाटै एक पटक मासिक अनिवार्य अनुगमन गर्ने र अभिभावकलाई थप जिम्मेवार बनाउने तथा विद्यालयको भौतिक संरचनालाई बलियो बनाउने गरी नीतिगत व्यवस्था गरिएको नगरप्रमुख गैरेको भनाई छ । उनले नगरपालिका भित्रका सम्पुर्ण बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी सबैजनाको साथ अपरिहार्य भएको उल्लेख गरे ।

सो अवसरमा बोल्दै नगरउपप्रमुख रेनुका काउचा मगरले बिद्यालय बालबालिकाको शिक्षा आर्जन गर्ने थलो भएका कारण बालबालिकाको आवश्यकता अनुसारको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गनुपर्ने बताईन । बिद्यालय तहमा अझै पनि छात्राहरुलाई बिभिन्न किसिमका समस्या पर्ने भएको भन्दै यसको अन्त्यका लागी नगरपालिकाले बिशेष योजना बनाएर कार्यान्वयन उनको भनाई थियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतम, वडा न ३ का अध्यक्ष एवं सामाजिक बिकास समिति संयोजक हिम बहादुर भण्डारी हेमन्त लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

बैठकले नगरभित्रका सम्पुर्ण सामुदायिक र सस्थागत बिद्यालयको कक्षा ८ को आधारभुत शिक्षा उत्तिर्ण परिक्षा चैत १० गते दिउसो १२ बजेदेखि सञ्चालन गर्ने , कक्षा ५ र ८ बाहेकका अन्य कक्षाहरुको बिद्यालय स्तरिय बार्षिक परिक्षा चैत १० गतेदेखि नगरस्तरमा एक खुल्ला कायम हुने गरि सञ्चालन र ब्यवस्थापन गरिने, नगरभित्रको शिक्षालाईं सरोकारवालाहरुको सक्रिय अर्थपुर्ण र ब्यापक सहभागिताका साथ सम्पुर्ण बिद्यालयलाई पारदर्शी ढङ्गबाट सञ्चालन गरिने, धेरै बिद्यार्थी संख्या भएका बिद्यालयमा कम शिक्षक र कम शिक्षक भएका बिद्यालयमा धेरै बिद्यार्थी भए अनुगमन गरि शिक्षकलाई काजमा ब्यवस्थापन गरिने, शिक्षक र कर्मचारीहरुको तलब र भक्ता आगामि चैत्र महिनादेखि प्रत्येक महिनाको २० गतेभित्र आवश्यक फारम भई २५ गते भित्र नगरपालिकाबाट बिद्यालयको खातामा रकम निकासा गरिने लगायतका निर्णय गरिएको आचार्यको भनाई छ । गलकोट नगरपालिकाले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै नगरपालिकाको बिद्यालय सञ्चालन र ब्यवस्थापन सम्बधि सोच र कार्यान्वयनका लागी निर्देशन गरेको छ । गलकोटको हटियामा सम्पन्न नगरपालिका स्तरिय सामुदायीक र संस्थागत बिद्यालयहरुका प्रध्यानाध्यापक बैठकमा नगरभित्रका प्रत्येक बिद्यालयहरुले परिक्षाको नतिजा बिश्लेषणबाट प्रात्त नतिजालाई आधार मानि शैक्षिक उपलब्धि सुधारका लागी थप पहल गर्ने, अनिवार्य रुपमा बिद्यालयमा पुस्तकालय स्थापना गर्ने र बैज्ञानिक ढंगले पुस्ताकालय ब्यवस्थापन गर्ने, कक्षा शिक्षण पद्धति अपनाउनुपर्ने, निरन्तर बिद्यार्थी मुल्याकन पद्धतिलाई कायान्वयन गर्ने, बिद्यार्थी, शिक्षक र कर्मचारीहरु कुनै पनि राजनैतिक दलले आयोजना गरेको कार्यक्रममा सहभागी नहुने, सामुदायीक बिद्यालयमा अध्यापन गराउने शिक्षक र कर्मचारी ब्यवस्थापन समितिका सदस्यहरुले आफना बालबालिका अनिवार्य रुपमा सामुदायिक बिद्यालयमा अध्यापन गराउनुपर्ने, शिक्षक र बिद्यार्थीले अनिवार्य रुपमा पोसाक लगाउन निर्देशन गरिएको नगर शिक्षा अधिकारी उपसचिव खेमप्रसाद आचार्यले बताए ।

आचार्यका अनुसार बिद्यालयमा भएको खर्च बिवरण प्रत्यक चौमासिकको अन्त्यमा बिद्यालयको सूचना पाटीमा सबैले देख्न सक्ने गरि सार्वजनिक गनुपर्ने, नगरको स्वीकृति बिना कुनै पनि संस्थाले आयोजना गरेको तालिम, कार्यशाला, गोष्ठि, भेला लगायतमा बिद्यार्थी तथा शिक्षक सहभागी नहुने, हरित बिद्यालय कार्यक्रम कार्यान्वयन गनुपर्ने, आगन्तुक पुस्तिका खडा गनुपर्ने, कक्षा स्तरमा बाल क्लब गठन गरि समुचित परिचालन गर्न समेत आग्रह गरिएको उनको भनाई थियो । त्

यस्तै बिद्यालयको गुरुयोजना बनाई कार्यान्वयन गर्न आवश्यक पहल गर्ने, अपाङग मैत्री प्रकृतिका संरचना निर्माण गनुपर्ने, बिद्यालयलाई समुदायको सुखदुखको साथी बनाउन पहल गनुपर्ने, दिवा खाजाको सुनिश्चित गनुपर्ने, बर्षमा कम्तीमा एक पटक शैक्षिक प्रदशर्नी आयोजना गर्न बिद्यालयलाई उत्प्ररित गरिने आचार्यले बताए । बैठकमा बैठकको एजेण्डा तथा प्रस्तुतिकरण नगर शिक्षा अधिकारी आचार्यले प्रस्तुत गरेका थिए ।

सो अवसरमा पृथ्वी माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक बद्रिप्रसाद ढकाल, शिव माद्यामिक बिद्यालयक शिक्षक कृष्णप्रसाद गौतम, नवज्योति प्राथमिक बिद्यालय पाण्डवखानीका प्रध्यानाध्यापक चन्द्रकुमारी श्रीस, खरुवा माद्यामिक बिद्यालय हटियाका प्रध्यानाध्यापक हेमराज गैरेले आफनो भनाई तथा सुझाव राखेका थिए ।

बक्ताहरुले शिक्षक बिमा, तलब बैंकिङ सिस्टमबाट भुक्तानी गनुपर्ने, शिक्षक समायोजन लगायतका बिचार ब्यक्त गरेका थिए ।

बैठक नगर शिक्षा अधिकारी आचार्यको अध्यक्षता, स्रोतब्यक्ति दिनेश पन्तको स्वागत मन्तब्य र बम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *