नेपाल राष्ट्रिय मावि मुसिकोटमा सन्चालित महायज्ञमा सवा करोक रुपया संकलन

कमल पौडेल गुल्मी २०७५ फागुन १ । नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. २ मा संचालित धनधान्यान्चल महायज्ञमा सवा करोड रकम संकलन भएको छ । स्थानिय समाजसेवी रामचन्द्र घिमिरेले महोत्सवको अन्तिम दिन १८ रोपनी जग्गा विद्यालयलाई दान गर्ने घोषणा गरेसंगै विद्यालयको आम्दानी सवाकरोड पुगेको हो । आर्थिक समितिले सो जग्गाको १८ लाख मुल्यांकन गरेको छ ।

यस अघि मुल समारोहका अध्यक्ष समेत रहेका स्थानिय कृष्ण प्रसाद घिमिरेले १० लाख घोषणा गरेका थिए । १० लाख भन्दा माथि सहयोग गर्ने सहयोगदाताको विद्यालय परिसरमा अर्धकदको शालिक निर्माण गरिने विद्यालयले जनाएको छ ।

महायज्ञको अन्तिम दिन पूर्व सांसद तथा नेपाली काग्रेसका नेता चन्द्र भण्डारी, नेपाली काग्रेसका गुल्मी सचिव खिलध्वज पन्थी, नेकपा मुसिकोट नगरकमिटि संयोजक खुम वहादुर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयमा प्राविधिक कृषि धार संचालन गर्ने भन्दै हिरक महोत्सवको अवसरमा धनधान्यान्चल यज्ञ मार्फत सो रकम संकलन गरिएको हा े। यज्ञ ७ दिन सम्म संचालन भएको थियो। सो अवसरमा सहयोग गर्ने सवै सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *