ढोरपाटन नगरपालिकामा ४ हजार भेडा बाख्रामा पि.पि.आर.रोग विरुद्धका भ्याक्सिन लगाइयो

सुमन सुनार, बुर्तिबाङ २०७५ माघ २९ । ढोरपाटन नगरपालिकामा भेडा बाख्रामा पि.पि.आर. रोग विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम जारी रहेको छ ।

समयमै नियन्त्रण गर्न नसकिए भेडा बाख्रामा महामारीका रुपमा देखिने पि.पि.आर. रोग नियन्त्रणका लागि ढोरपाटन नगरपालिका अन्तर्गत रहेको पशु शाखाका पशु प्राविधिकहरुको टोलीले किसानहरुको घर÷गोठ तथा फार्ममा पुगेर पि.पि.आर रोग विरुद्धको भ्याक्सिन लगाउने गरेको छ । ढोरपाटन नगरपालिकाको वडा नं. १, ७, ८ र ९ मा भ्याक्सिन लगाउने कार्यक्रम सकिएको छ भने वडा नं. २, ३ र ४ मा भने जारी रहेको पशु प्राविधिक टेकमायाँ खड्काले जानकारी दिए ।

यहि माघ महिनाको गत ९ गतेबाट भ्याक्सिन लगाउन सुरु गरिएको र हाल सम्म ५ वडामा गरी ३ हजार ७ सय भेडा बाख्रामा भ्याक्सिन लगाइएको खड्काले बताउनुभयो । खड्काका अनुसार वडा नं. १ मा २ सय, वडा नं. ७ मा १ हजार, वडा नं. ८ मा ५ सय र वडा नं. ९ मा ८ सय भेडा बाख्रामा भ्याक्सिन लगाइएको छ । त्यसैगरी हाल जारी रहेका वडाहरु मध्य वडा नं. २ मा ७ सय, वडा नं. ३ मा २ सय र वडा नं. ४ मा ३ सय भेडा बाख्रामा पि.पि.आर रोग विरुद्धको भ्याक्सिन लगाइएको पशु प्राविधक खड्काले बताए । यस्तै वडा नं. ५ र ६ मा भने बाँकी रहेको खड्काको भनाई छ । ढोरपाटन नगरपालिका पशु शाखाका पशु प्राविधिक खड्का, पशु प्राविधिक कमला घर्ति मगर सहितको टोलीले किसानहरुको घर÷गोठ तथा फार्म पुगेर पि.पि.आर. रोग विरुद्धको भ्याक्सिन लगाइरहेको छ ।

भेडा बाख्रामा पि.पि.आर रोग लागेपछि १०६ देखी १०८ डिग्री फरेन्हाईटसम्मको ज्वरो आउँने, घाँसपानी खान छोड्ने र आँखा राता देखिने, गिजा र जिब्रोबाट घाऊ आउन सुरु गर्ने र बिस्तारै मुखतिर फैलिने, छेरौटी लाग्ने, आँखाबाट चिप्राहरु आउने र नाकबाट बाक्लो पहेंलो सिंगान बग्ने, निरन्तर खोकिरहने जस्ता विभिन्न लक्षणहरु देखिने पशु प्राविधिक खड्काले बताए । भेडा, बाख्रालाई पि पि आर बाट मुक्त राख्न खोप लगाउने, सुरुमा ३ महिनाको उमेर पुगेपछी पहिलो पल्ट लगाउने र बर्शै पिछे दोहो¥याई रहनुपर्ने उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *