सेरावाङ नमुना प्रावि कुटपिट घटना : माफी मागेपछी मिलापत्र !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ माघ २९ । यहि माघ २० गते ढोरपाटन नगरपालिका ८ बोवाङ सेरावाङ स्थित नमुना प्राथमिक विद्यालयकी प्रधानााध्यापिका हिरादेवी बुढामगरले सोहि बिद्यालय कक्षा २ मा पढने ५ वर्षका बालक सन्जय बिक सहित तीन जना माथी निर्घात कुटपिट गरेको घटना अन्तत: पीडकले पीडित संग माफी मागेपछी मिलापत्र भएको प्रहरी श्रोतले बतायो ।

यस कुटपिट घटनाका पीडितहरुलाई जिल्ला प्रहरी कार्यालयले बुझ्नका लागी बागलुङ झिकाएपछी घटनाले निसीभूजी क्षेत्रमा निकै चर्चा पाएको थियो । कुटपिटमा संलग्न प्रधानाध्यापिक नै पहिले जिल्ला प्रहरी कार्यालय बागलुङ पुगेर उजुरी दिएपछी पीडित र उनका बाबुआमा समेतलाई प्रहरीले सदरमुकाम झिकाएको श्रोतको दावी छ ।

प्रहरीले दुबै पक्षराखी छलफल गर्दा घटनाको बास्तविकता बाहिर आएपछी पीडकले पीडितहरु समक्ष अब आयन्दा यस्ता कृयाकलाप नगर्ने भनी कागज लेखी माफी मागेको बुझिएको छ ।

सम्वन्धित लिंक:
नाबालक बिद्यार्थी कुटपीट गर्ने नमुना प्रावि, सेरावाङकी प्रअको नमुना काम : जो चोर उसैको ठुलो स्वर !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.