निसी र राजकुतका जनतालाई सुविधा हुने केन्द्रको माग !

डम्मर बुढामगर, बुर्तिवाङ २०७३ चैत ६ । नेकपा एमाले गाउँ कमिटी निसीको बैठक निसीखोला गाउँपालिकाको निसीमा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले निसीका ग्राम समिति अध्यक्ष लिला बुढाको अध्यक्षता, नेकपा एमाले जिल्ला सदस्य रुद्र प्रसाद पौडेलको प्रमुख आथित्यता रहेको बैठकले निसीखोला गाउँपालिकाको केन्द्र राजकुट र निसी दुबै ठाउँका जनताहरुलाइ पायक पर्ने ठाउँमा गराउनु पर्ने माग गरेको छ।

बैठकमा पहिले समिति गठन गर्दा रिक्त रहेको पद पुर्ती समेत गरेको छ। पहिले सहसचिव र उपाध्यक्ष को पद रिक्त रहेको थियो ।जसको सह(सचिवमा सोम बहादुर छन्त्याल र उपाध्यक्षमा रबिन मगरलाई चयन गरेको छ । सोही अवसरमा क्षेत्रीय सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *