ईबागलुङ सहकर्मी सापकोटा सम्मानित !

बागलुङ २०७५ माघ २९ । काठेखोला गाउपालिका ५ बिहुँमा पत्रकारिता क्षेत्रमा सक्रिय रहेका युवा पत्रकार भरत प्रसाद सापकोटा सम्मानित भएका छन् ।
स्थानीय अमर माध्यमिक बिद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा गाउँमा रहेर पत्रकारिता क्षत्रमा कलम चलाउदै आएका युवा सन्चारकर्मी सापकोटालाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

ईबागलुङ डटकममा कार्यरत पत्रकार सापकोटालाई वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिव कँडेलले सम्मानित गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *