प्रभा मा वि झिवाखोलाको ५८ औं बार्षिकोत्सब आजबाट सुरु !

झम सिर्पाली निसिखोला २०७५ माघ २७ । निसिखोला गाउँपालिका वडा नं ३ झिवाखोलामा रहेको प्रभा माध्यमिक विद्यालयको ५८ औं बार्षिकोत्सब कार्यक्रम आज बाट सुरु भएको छ । वार्षिकोत्सबको अवसरमा आयोजित विविध प्रतियोगितात्मक कार्यक्रमहरु आजबाट संचालनमा आएको विद्यालयका शिक्षक प्रेमराज पौडेलले जानकारी दिए । शिक्षक पौडेलका अनुसार रिले दौड प्रतियोगिता , हाई जम्प प्रतियोगिता , लङ जम्प प्रतियोगिता , सदनात्मक भलिबल प्रतियोगिता लगायतका कार्यक्रम आजै सम्पन्न भएका छन । प्रावि तहको सदनात्मक रिले दौड प्रतियोगितामा धौलागिरी सदन प्रथम तथा अन्नपूर्ण सदन द्वितीय भएका छन ।

त्यस्तै १३ जनाको सहभागिता रहेको छात्र तर्फको सर्ट फूट प्रतियोगितामा जीवन भुषाल प्रथम लोकिश्वर सापकोटा द्वितीय रमेश रसाईली तृतीय तथा छात्रा तर्फ हिरा क्षेत्री प्रथम र मिरा चन्दले द्वितीय स्थान हासिल गर्न सफल भएको बताईएको छ ।

आजै सम्पन्न छात्र तर्फको हाईजम्प प्रतियोगितामा मिलन हमाल प्रथम , लोकिश्वर सापकोटा द्वितीय छात्रा तर्फ निलम केसि प्रथम, करिस्मा रेग्मी द्वितीय छात्र तर्फको लङजम्प प्रतियोगितामा विनोद विश्वकर्मा प्रथम, जीवन भुषाल द्वितीय छात्रा तर्फ गीता खड्का प्रथम निलम केसि द्वितीय र छात्र तर्फको सदनात्मक भलिबल प्रतियोगितामा माछापुच्छ्रे सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय तथा छात्रा तर्फ सगरमाथा सदन प्रथम र माछापुच्छ्रे सदन द्वितीय भएका छन । फागुन २ गते सम्म संचालन हुने उक्त वार्षिकोत्सबमा विद्यालयको आन्तरिक सदनात्मक रुपमा विभिन्न शैक्षिक, बौद्धिक, खेदकुद तथा मनोरञ्जनात्मक प्रतियोगिताहरु, विद्यालयका चन्दादाता, समाजसेवी, शिक्षाप्रेमी सम्मान लगायतका कार्यक्रमहरु हुने विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.