वडाध्यक्ष खरेलव्दारा भानु मा बि मा रु २ लाख ५१ हजार बढीको अक्षयकोष स्थापना !

दिनेश शर्मा, बडीगाड (बागलुङ) २०७५ माघ २७ । बडीगाड गाउँपालिका ५ का वडाध्यक्ष अर्जुन प्रसाद खरेलले ग्वालिचौर टारी स्थित भानु माध्यमिक बिद्यालयमा आफ्ना स्वर्गीय बाबुआमाको स्मृतिमा रु २ लाख ५१ हजार ५ सय ५५ को अक्षय कोष स्थापना गरेका छन् । बिद्यालयको ५६ औँ बार्षिकोत्सव समारोहमा अवसरमा उनले अक्षयकोषको स्थापना गरेका हुन् ।

भानु माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थी एवं पूर्व शिक्षक समेत रहेका वडाध्यक्ष खरेलले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक जनताको सेवामा समर्पण गर्ने उद्घोष गर्दै १४ महिनाको पारिश्रमिक रकम अक्षयकोषमा राखेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.