चमुवा आधारभूत बिद्यालय, गल्कोटको ४० औँ बार्षिकोत्सव सम्पन्न !

चन्द्रमणी न्यौपाने गल्कोट २०७५ माघ २७ । चमुवा आधारभूत बिद्यालय गल्कोट नगरपालिका ४ चमुवाको ४० औ बार्सिकोत्सब तथा अभिभावक दिबस बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ।

समापन कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले एकात्मक प्रणालीमा रहेको कर्मचारी प्रशासन जनताप्रति उत्तरदायी नभएको र देश संघीय प्रणालीमा जाँदा कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन अप्ठ्यारो अबस्था भएको बताए। गैरेले विभिन्न शैक्षिक पेशागत सङठनहरुले राखेका मागलाइ सम्बोधन गर्दै नगरको शिक्षा क्षेत्रलाइ अगाडि बढाउने बताए ।

त्यस्तै गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचाले गल्कोट नगरपालिका भित्रका सबै शैक्षिक समस्या समाधान गरि अगाडि बढ्न नगरपालिका सधै प्रतिबद्ध रहने बताईन् । नगरभित्रका कुनै पनि बिद्यालयलाइ शिक्षक नभएरै दुखी हुनु नपर्ने गरि नगरपालिकाले शिक्षक ब्यबस्थापन गर्ने उनको भनाई थियो। कार्यक्रममा पूर्व रापंस कुलराज गौतम, गल्कोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बलबहादुर खत्री, गल्कोट माध्यमिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्र बहादुर खत्री, बिद्यालय ब्यबस्थापन समितिका सल्लाहकार घनश्याम सुवेदी लगायतले सुभकामना मन्तब्य राखेका थिए । बिद्यालयमा अङ्ग्रेजी माध्यममा कक्षा संचालन गर्ने, भौतिक ब्याबस्थापन, पुस्तकालय र बिज्ञान प्रयोगशाला ब्याबस्थापन गर्ने, बिद्यार्थीलाइ सुचना प्रबिधिको प्रयोग गरि शिक्षण गर्न आबश्यक सामग्री ब्यबस्थापन गर्ने, बिद्यालयमा खेलमैदान ब्यबस्थापन जस्ता विभिन्न उदेश्य राखी सुरु गरिएको चन्दा संकलन अभियान अन्तर्गत रु ३५ लाख बराबरको चन्दा सन्कलन गरिएको बिद्यालयका प्रधानाध्यापक मुकुन्द सुबेदीले बताए ।
बिद्यालय अधिकतम चन्दा सहयोग गर्न चन्दादातालाइ बाजागाजा सहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोही अबसरमा कलाकार निशा श्रीसको साङ्गीतिक प्रस्तुती रहेको थियो । उक्त अबसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रमको पुरुस्कार बितरण गरिएको थियो । कार्यक्रम बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष रुद्रप्रसाद सुबेदीको अध्यक्षता, शिक्षक टिकाराम सुबेदीको स्वागत मन्तब्य र शिक्षक पुरुषोत्तम सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.