पर्वतमा पाँचौ राष्ट्रिय पुस्तक दिवस तथा बसन्त पञ्चमी : पठन संस्कृति लोप हुँदै गएकोमा चिन्ता !

निर्मल पौडेल पर्वत, २०७५ माघ २७ । ‘पठन संस्कृतिको विकास गरौं’ भन्ने आव्हानका साथ पुस्तक चर्चा कार्यक्रम कुस्मा बजारमा सम्पन्न भएको छ । पाँचौ राष्ट्रिय पुस्तक दिवस तथा बसन्त पञ्चमीको सन्दर्भमा पर्वत साहित्य सङ्गम र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्वतको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अथिति तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख उद्दिमराज पौडेलले जीवन र जगतलाई सही ढंगले बुझ्न निरन्तर पढ्ने संस्कृतिको विकास गर्नुपर्ने कुरामा जोड दिए । पौडेलले आधुनिक प्रविधिको विकासले पुस्तक पढ्ने परम्परामा ह्रास आएको देखिएकोले साइवर संस्कृतिका सकारात्मक गुणलाई आत्मसाथ गर्दै जीवनोपयोगी पुस्तकहरु पनि पढिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा परिचर्चाका लागि राजेन्द्र पहाडीको ‘नेपालमा महिला हिंसा’, इन्द्रकुमार विकल्पको ‘सर्वदलीय घर’ र पुण्यप्रसाद प्रसाईको ‘युद्धका डोबहरु’ पुस्तकहरु चयन गरिएका थिए ।

दिइएका पुस्तकहरुमाथि शिवालय मावि, नारायण मावि, नमुना आवासीय मावि, कालीगण्डकी एकेडेमी र आदर्श आवासीय माविका छात्रछात्राहरुले समीक्षात्मक चर्चापरिचर्चा गरेका थिए ।

पुस्तक चर्चामा सहभागी हुने विद्यार्थीहरुमा क्रमशः शान्ति फकामी पुन, तुषार सापकोटा, शर्मिला शर्मा, सूर्यचन्द्र रेग्मी र कुशुम उपाध्याय रहेका थिए।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पठन संस्कृतिमा न्यूनता आएकोमा चिन्ता प्रकट गर्दै पुस्तक पढ्ने बानीको विकासका लागि यस्ता प्रकृतिका कार्यक्रमहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गर्न सहयोग पुग्ने बताएका थिए। वक्ताहरुले कार्यक्रम गर्दा मोफसलका सर्जक र तिनका सिर्जनालाई राष्ट्रिय मूलधारमा समाहित गर्न यस्ता कार्यक्रमहरुले मद्दत पुग्ने राय व्यक्त गरेका थिए। यसरी मन्तव्य राख्नेहरुमा पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडी, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश पौडेल, पर्वतका अध्यक्ष देव शर्मा, राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ, अग्रगन्य साहित्यकार इन्द्रकुमार विकल्प, नेपाली भाषा परिषद पर्वतका अध्यक्ष आनन्द रिमाल, ¥याण्डम रिडर्स सोसाइटी पर्वतका अध्यक्ष लेखनाथ उपाध्याय, कवि सुन्दरप्रसाद जोशी बादल, खेमराज शर्मा चापागाई, शंकर गिरी नमुना साहित्य मञ्च कुस्मा पर्वतका सल्लाहकार निर्मल पौडेल एन।पि।घायल ,लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यतामाथि प्रकाश पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले गरेका थिए । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्वतका अध्यक्ष देव शर्माले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पर्वत साहित्य सङगमका सहसचिव खेमराज शर्मा चापागाईले गर्नुभएको थियो । विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, सञ्चारकर्मी तथा साहित्यकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सबै सहभागीहरुलाई एक–एकवटा पुस्तक एवं प्रमुख अतिथिलाई सम्झनाको चिनोको रुपमा केही थान पुस्तक र पुस्तकको चर्चामा सहभागी भएका छात्रछात्रालाई आयोजकहरुका तर्फबाट विशेषप्रकारको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.