विद्यालयका पूर्व बिद्यार्थीलाई प्रजिअ एवं प्रमुख अतिथीको रुपमा सम्मान गर्न पाउदा भानु माविमा खुशीयाली !

दिनेश शर्मा, बडीगाड (बागलुङ) २०७५ माघ २७ । बडीगाड गाउँपालिका ५ साबिक ग्वालिचौर गाविस टारी स्थित भानु माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सव समारोहको प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।

उद्घाटन पछी बोल्दै प्रजिअ खरेलले आफुले पढेको विद्यालयको बार्षिकोत्सव समारोहमा प्रमुख अतिथीको रुपमा भाग लिन पाउदा निकै प्रशन्नताको अनुभूति भएको विचार व्यक्त गर्दै शिक्षा क्षेत्रमा अब्बल रहे मात्र अन्य क्षेत्रमा अगाडि बढ्न सहज हुने भएकाले शिक्षा क्षेत्रको बिकासमा जोड दिए ।

भानु माध्यमिक बिद्यालयबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका पूर्व बिद्यार्थी प्रमुख अतिथी खरेललाई आफ्नै जिल्लाको प्रमुख जिल्ला अधिकारी जस्तो गरिमामय पदमा आसिन रहेको भन्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचरण घिमिरे तथा विद्यालयका प्रधानाध्यामक केशव खरेल, बिद्यालय परिवार एवं ग्वालीचौरबासीले प्रमुख अतिथी खरेलको निकै प्रशंसा सहित भव्य स्वागत गर्दै सम्मानित समेत गरेका थिए । पूर्व बिद्यार्थी खरेललाई प्रजिअ एवं प्रमुख अतिथीको रुपमा सम्मान गर्न पाउदा भानु माविमा खुशीयाली छाएको बिद्यालयका प्रअ खरेलले ईबागलुङलाई बताए ।

कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख कुस्मराज उपाध्यायले जनप्रतिनिधि र गाउपालिकालाई समेत शिक्षामा बजेट बढाउन आग्रह गर्दै अभिभावकहरुलाइ शिक्षामा लगानी गर्न अनुरोध गरेका थिए ।

भानु माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा,प्रहरी उपरीक्षक दिपक रेग्मी, बडीगाड-५ का वडाध्यक्ष अर्जुन खरेल, समाजसेवी राजिव घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी खरेलले भानु मा बि को लागि योगदान पुर्याउने विभिन्न सामजिक ब्यक्तित्वहरु उमानन्द घिमिरे ,इन्द्रमणी आचार्य, हिरालाल आचार्य, भिमलाल खरेल, नन्दराम आचार्यलाई स्मरण गर्दै योगदान प्रती आभार ब्यक्त गर्दै बिधालयलाई सकारात्मक रुपमा अनवरत सहयोग पुर्याउने बडिगाड ५ का वडाअध्यक्ष्य अर्जुन खरेल,बि ब्य स अध्यक्ष रामचरण घिमिरे,प्र अ केशब खरेल ,पुर्ब प्र अ बालकृष्ण अर्याल, पूर्ब बि ब्य स अध्यक्ष टेक बहादुर घिमिरे,लाल बहादुर घिमिरे, पुर्ब शिक्षक घनश्याम घिमिरे, थानिश्वर घिमिरे, तिर्थराज भट्टराई ,नन्दराम घिमिरे, समाजसेवी चिन्तामणी खरेल ,पूर्व गा बि स उपाध्यक्ष बाल कुमार आचार्य, समाजसेवी प्रेमनारायण भट्टराई ,होमनाथ आचार्य ,शिक्षकहरु नेत्रप्रसाद गौतम ,तिर्थमणी आचार्य ,केशब प्रसाद खरेल, सरस्वती खरेल, टीका पाइजा, झबिलाल घिमिरे, कलाधर घिमिरे,लगाएतलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए।

बिधालयलाई सहयोग पुर्याएकोमा आफू सम्मानित हुदा निकै खुसी लागेको सम्मानित हुनेहरुले बताएका छन। सोही अवसरमा बडिगाड ५ को वडाकार्यलयबाटपनि प्र जि अ खरेललाई करुवा र मायाको चिनो प्रदान गरि वडा अध्यक्ष अर्जुन खरेलले सम्मानित गरेका थिए।

बार्षिकोत्सब कार्यक्रममा आज आइतबार बडीगाड गाउपालिका अध्यक्ष मेहरसिह पाइजा प्रमुख अतिथीको रुपमा रहने कार्यक्रम छ। शनिबारको कार्यक्रम शिक्षक नेत्र प्रसाद गौतमको स्वागत मन्तब्य र शिक्षक बिष्णु प्रसाद आचार्यको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *