शिक्षाको उद्देश्य मानव जीवन र सामाजिक सुधारमा केन्द्रित हुनुपर्छ– प्रदेश सांसद रोका

कोपिला कँडेल, बागलुङ २०७५ माघ २७ । बागलुङ बजार स्थित युनिभर्सल सबलाइम एकेडेमीको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोह शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं गण्डकी प्रदेशका सांसद् दिलमायाँ रोका दीपाले शिक्षाको उद्देश्य मानव जीवनलाई सहज सरल बनाउँदै सामाजिक सुधारमा केन्द्रीत हुनुपर्ने बताईन् । ‘पाठ्यपुस्तक पढेर परिक्षमा राम्रो अंक प्राप्त गर्नुमा मात्रै शिक्षाको उद्देश्य निहित रहँदैन,’ विद्यालयकी पूर्व शिक्षिका समेत रहेकी उनले थपिन्, ‘शिक्षाले मानव जीवनलाई सरल र गुणस्तरीय बनाउनुको साथै समाज सुधार तथा रुपान्तरणमा पनि महत्वपूर्ण योगदान पुराउँछ ।’ उनले गण्डकी प्रदेश सरकारले यो प्रदेशलाई देशकै नमूना बनाउने योजना अघि सारेको पनि बताईन् ।

कार्यक्रममा श्रोतव्यक्ति ढक पुनले विद्यालय शिक्षालाई जीवनोपयोगी सीप आर्जन, असल बानीको निर्माण र विश्वबजारमा बिक्नसक्ने जनशक्ति उत्पादनसँग जोड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । सो अवसरमा विद्यालयका प्रिन्सिपल दल थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्याब्सन बागलुङका अध्यक्ष रबिप्रसाद पोखरेल, विद्यालय सञ्चालक समितिका सल्लाहकार शान्तमणी ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष कुँवर, गुराँस विद्या सदनका प्रिन्सिपल निसान खड्का, वर्ष अभिभावकको रुपमा सम्मानित धनबहादुर कार्की, वर्ष शिक्षिकाको रुपमा सम्मानित तारा केसी, नेपाल रेडक्रस सोसाईटी बागलुङका जुनियर रेडक्रस सर्कल–युवा रेडक्रस सर्कलका संयोजक जीवननाथ शर्मा, विद्यार्थी स्वप्नील खड्का लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न नौ विधाका वर्ष विद्यार्थीको रुपमा सरसफाई, अनुसासन, नियमित विद्यार्थी, कला, खेलकुद, संगित, नेतृत्व र बौद्धिक क्षमतातर्फ क्रमश सदिक्षा क्षेत्री, प्रकृति केसी, पूर्णीमा क्षत्री, दिपेश कार्की, विज्ञान खड्का, ममता खड्का, जुना बोहरा, सुशिल काउचा र सन्दिप आचार्यलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीले शिक्षा सम्बन्धि चेतनामूलक नाटक तथा विभिन्न गितमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । शिक्षिका सरिता पाण्डेले महिला अधिकार सम्बन्धि कविता वाचन गरेकी थिईन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, निबर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वर ठाकुर पौडेलको स्वागत तथा प्रिन्सिपल दल थापा र शैक्षिक ईञ्चार्ज शिव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

वार्षिकोत्सवको अवसरमा शुक्रबार बागलुङ बजारको सरसफाई गरि मानव सेवा आश्रममा खाद्यान्न प्रदान गरिएको थियो । वार्षिकोत्सवमा अन्तरविद्यालय स्तरीय कबड्डी, हाँजिरजवाफ, शिक्षक तथा अभिभावकको मैत्रीपूर्ण भलिवल तथा आन्तरिक रुपमा विभिन्न खेलकुद एवं प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो ।

माघ २२ गतेदेखि सुरु भएको विद्यालयको वार्षिकोत्सव आज श्रीपन्चमीको दिन माघ २७ गते सरस्वती पूजा तथा नयाँ बालबालिकाको विधिवत अक्षर आरम्भ गरि समापन हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *