हिउँको सेतो च्यादर मुनी ढाकिएको घोँडाबाँधेलाई हेर्दा … !

भरत सापकोटा, बिहुँ, (बागलुङ) २०७५ माघ २६ । शुक्रबार राति देखी परेको वर्षा र हिमपातले शनिवार बिहान बिहुँ घोँडाबाँधे र त्यहाँ स्थित भ्यूटावर क्षेत्रलाई हिउँले ढपक्के ढाकेको मनोरम दृश्यले आगन्तुक पर्यटक एवं यस आसपासका स्थानीयलाई लोभ्यायो ।

केहि दिन पहिलेको हिमपात भन्दा पनि आजको हिमपात बाख्लो रहेकोले यस्को लुफ्त उठाउने स्थानीयलाई निकै राम्रो अवसर मिल्न गयो ।

बिहुँको रिजाल चोक पनि हिउँले पुरै सेताम्य बन्यो । केहि वर्ष यताकै हिमपातको मनोरम दृश्यका रुपमा स्थानीयले बताई रहेका छन् । पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको बिहुँ घोँडाबाँधेको लेक र यहाँ स्थित नवनिर्मित भ्यूटावर मनै हर्ने हिउँको दृश्यले निकै आकर्षक बनेको थियो ।
प्रस्तुत छन केहि तस्बीरहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *