धौलागिरी बोर्डिङ स्कूलको वार्षिकोत्सवमा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता !

बागलुङ २०७५ माघ २६ । धौलागिरि इङ्गलिस बोर्डिङ स्कुल बानपा–४ बागलुङको छैठौँ बार्षिकोत्सवको अवसरमा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल प्रथम, धौलागिरि इङ्गलिस बोर्डिङ स्कुल व्दितिय, सिद्धार्थ शिक्षा सदन माधमिक विद्यालय तृतीय र अमृत आदर्श माध्यामिक विद्यालय सान्त्वना भएका छन् ।

प्रतियोगितामा सदरमुकाम भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताए ।े मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले बैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल अनिल भण्डारीको अध्यक्षता, विद्यालय इन्चार्ज सन्दिप कार्र्कीको स्वागत र शिक्षक हेमा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यालयले २७ गते सरस्वती पुजा संगै अक्षर आरम्भ, मुल समारोहको आयोजना गर्ने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *