कतार नेपाली एकता समाजव्दारा महिला विभागकी सदस्य इन्दिरा खनाललाई आर्थिक सहयोग !

उद्धव मगर, दोहा कतार २०७५ माघ २६ । यहि २०१९ फेब्रेअरी ८ का दिन कतार नेपाली एकता समाजले कतारको हमाद मेडिकल councill reabitation section मा लामो समयदेखी उपचार गराई रहेकी इन्दिरा खनाललाई कतारी रियाल ५५११ (अक्षेरुपी) पाँचहजार पाँचसय एघार) आर्थिक सहयोग गरेको छ ।

यस भेटभाट तथा र्आिथक संकलन हस्तान्तरण कार्यक्रममा सहभागीहरु कतार नेपाली एकता समाजका अध्यक्ष, हेमन्त वाइवा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष, बलदेव राना, महासचिव खिम बुढा मगर, सचिव विष्णु थापा (क्षेत्री) कोषाध्यक्ष राम इन्दल थिङ्ग, खगेश्वर भूषाल,विमल सुवेदी हेमराज थापा, उद्धव मगरको उपस्थिती रहेको थियो ।

अबको केही दिनमै यस हस्पिटलबाट डिस्चार्ज गर्नुका साथै विरामीलाई नेपाल पठाउने तयारी भएकोले कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले अग्रिम शुभकामना र सु–स्वास्थ्यको कामना गरेका थिए । आफैमा साहसी र कतार नेपाली एकता समाजका महिला विभागका सकृय तथा जुझारु सदस्य भएकोले इन्दिरा खनालले यस दुखद अबस्थामा पनि आफ्नो आत्मबल कहिले कम्जोर नभएको वताउदै कतार नेपाली एकता समाज केन्द्रिय समितीका सिङ्गो टिम, यसै समाज मातहत रहेका विभिन्न इकाई एरिया तथा आम दाजु भाई तथा दिदी बहिनहरु कतारमा आएर थोरै पैसामा काम गर्न विवस हुँदा हुँदै पनि मेरो लागी भनेर जो जसले आफुले सकेको सहयोग गर्नु भयो उहाँहरु प्रति धेरै धेरै आभार प्रकट गर्दै सम्पूर्णलाई हृदयदेखी नै धन्यवाद दिएकी थिईन ।

आफ्नो भनाई राख्दै इन्दिरा खनालले जसरी म कतार बस्दा आफुले भ्याएुसम्म संगठनलाई समय दिएको थिए त्यु्सरी नै नेपाल गईसकेपछी पनि संगठनमा निरन्तर लागी रहने वताएकी थिईन् । उनले अबको दिनहरुमा आम मलाई सहयोग गर्ने सहयोग कर्ताहरुलाई कतार नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनपनि आहन गर्दै फेरी पनि कतार नेपाली एकता समाजलाई धन्यवाद दिएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.