साताको तस्वीर : भारी हिमपातले बरेङ वरपर सेताम्य !

शव्द/चित्र : शेखर थापा,

बरेङ, (बागलुङ) २०७५ माघ २६ । बागलुङ जिल्लाको दक्षिण भेग बरेङ गाउपालिकाका बिभिन्न वडा अन्तर्गत बरेङ बजार, ठुलडाँडा, बाककाटे, गाजाको दह, कालिलेक, कौडे, सिक्दी, हिले, पेरिबाङ, भित्रिबन, खरखरे, सल्यान, खलङगा, पुरानो पानी लगायतको स्थानमा भारी हिमपात भएको छ ।

हिमपातका कारण जनजीवन प्रभबित भैरहदा हिउमा तस्वीर खिचेर खिचेर सामाजिक सञ्जालमा अपलोड गर्न युवा युवतीहरु निकै व्यस्त देखिएका छन् भने स्थानिय किसानहरू भने बिभिन्न चास लगायत हिउदे बाली हिउँका कारण फस्टाउने हुनाले दङ्ग देखिन्छन ।

बरेङ क्षेत्र आसपासमा भारी हिमपात भएको छ । २ दिन सम्म परेको अबिरल बर्षा पश्चात शनिबार बिहान देखि हिमपात भएको हो ।

हिमपातका कारण बिद्युत एबं सञ्चार अबरुध्द हुदा यहाँको जनजिबन प्रभाबित भएको छ । हिमपातका कारण मिर्मी सबस्टेशनको बिद्युत प्रसारण लाईन तथा सिग्दीमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आऊनुका साथै सेवा प्रभाबवत भएको हो ।

टेलिकमका साथै उसले प्रदान गर्ने वाईम्याक्स ईन्टरनेट तथा पोखरा नेट प्रभाबित हुदा यहाँका बित्तिय कारोबारमा समेत असर पुगेको छ । ईन्टरनेट नहुदा शुक्रवार कारोबार सञ्चालन तथा सेवा प्रभाह गर्न नसकिएको प्रभु बैंक बरेङ शाखाका प्रबन्धक रेशम आचार्यले बताए । जसका कारण सर्बसाधरणले सास्ती खेपेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.