बागलुङका विभिन्न भागमा भारी हिमपात, डाँडाकाँडा सेताम्मे, गल्कोटमा १५ वर्ष यताकै उच्च हिमपात !

घनश्याम गौतम, गल्कोट २०७५ माघ २६ । बागलुङ जिल्लाको विभिन्न भागहरुमा भारी हिमपात भएको छ । बागलुङ सदरमुकाम वरपरका माथिल्लो भागहरुमा हिँजो राति देखी वर्षा र हिमपात भएकोले डाँडाकाँडा, पाखापखेरा हिउँको च्यादरले ढाकेको छ । सहकमी भरत सापकोटाले दिएको जानकारी अनुसार सदरमुकाम देखी देखिने पश्चिम खण्ड बिहुँमा पनि हिजो राति देखीको वर्षा र हिमपातले बिहुँ सेताम्मे बनेको छ ।

यसैगरी गल्कोटका बिभिन्न स्थानमा भारी हिमपात भएको छ । गयराति देखी गल्कोटका अधिकाँश स्थानमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । बुधबार राती देखी मौषम बदली हुदा गल्कोट लगाएतका देशका बिभिन्न स्थानमा निरन्तर बर्षा भैरहेको छ ।

बिसं २०६० सालमा र २०६२ सालमा हिउ गल्कोटको तल्लो भाग सम्म परको थियो । २०७५ सालमा करिब १३ बर्ष पछि अत्याधिक हिमपात भएको स्थानिय हेम बुढाथोकीले बताए । गल्कोटको हरिचौर हटिया मल्म नरेठाटी, दुदिलाभाटी,काडेबास रिघा पाण्डबखानी, लगाएतका स्थानमा हिमपात भएको छ । गल्कोटका तल्लो भागमा भने हिमपात रोकिएसगैं पग्लिदै गएको छ भने उच्च स्थानमा अत्याधिक हिमापाले डाडाँहरु सेताम्मे बनेका छन् । हिउँ पग्लिन थाले सगंै खोलाहरुमा पानीको बहाब बढेको छ । हिउँका कारण गल्कोट नगरपालिका र काठेखोला गाउपालिकाको सिमाना भ्युटाबरमा मध्यपहाडी लोकमार्ग अबरुद्ध बने पनि बिहान साढे ७ बजेबाट लोकमार्ग खुलेको भ्युटाबरबाट सुनिल काउचाले जनाकारि दिएका छन् । ताराखोला गाँउपालिकाको अधिकांश स्थानमा भारि हिमपात हुदा जनजीवन कष्टकर बनेको पुर्णभद्र निउरेले जनाकारी दिएका छन् । केहि बेर अघि देखी हिउँवर्षा रोकिएको छ ।

उता निसीभूजी क्षेत्रमा पनि भारी हिमपातको समाचार प्राप्त भएको छ । ढोरपाटन नगरपालिकाको बोबाङगाउँमा पनि बाख्लो हिमपात भएको बोवाङबकाट सहकर्मी दिलमायाँ अदैले टेलिफोनबाट जानकारी दिएकी छन् । हिमपातका समाचार प्राप्त हुने क्रम जारी छ । निरन्तर वर्षा र भारी हिमपातका कारण ढोरपाटन लगायत जिल्लाका केहि भागहरुमा टेलिफोन सम्पर्क बिँच्छेद भएको छ ।


गल्कोट मल्मबाट सहकर्मी थम्मन थापा सन्देशले दिएको जानकारी अनुसार घुम्टे लेकमा भारी हिमपात भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.